images
images

ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण

ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण

शनिवार, भदौ १५ २०८१
शनिवार, भदौ १५ २०८१
  • ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण

    म्याग्दी / पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ । 

    एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । 

    आरक्षको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदनमा एक सय ८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ । जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो । 

    आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन । 

    आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीले ३४ स्थानमा तीन सय ११ घरधुुरीले एक सय ८५ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेका बताए । 

    “सिकार आरक्षमा अतिक्रण मुख्य चुनौती बनेको छ,” उनले भने, “अतिक्रमण पहिचान गरी खाली गराउन नेपाल सरकारका विभिन्न निकाय र सरोकारवालहरुसँग पहल गरेका छौँ ।” 

    वन तथा खर्क क्षेत्रमा बसोबास र खेतीपातीका लागि अतिक्रमण भएको छ । 

    रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा र काक्री, म्याग्दीको जलजला र गुर्जाघाट तथा बागलुङको छेन्तुङ, स्यालपाखे, नवीलगायत गाउँमा पनि अतिक्रमण छ । 

    अतिक्रमणमा परेको केही जमिनमा खेती लगाइएको छ भने केही जमिन कम्पाउन्ड घेरेर मात्रै राखेका छन् ।  

    आरक्षको तथ्याङ्कमा विसं २०४७ देखि सामान्य अतिक्रमण सुरु भएको देखिन्छ । सशस्त्र द्वन्द्वको समयमा यो क्रम बढेको हो । सरकारले विसं २०३९ सालमा सिकार आरक्ष स्थापना गरेको थियो ।

    अतिक्रमणसँगै संरक्षण अभावमा ढोरपाटनको रुद्रताललगायत केही संरचना लोप हुने अवस्थामा छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार