images
images

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ सम्पन्न

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ सम्पन्न

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ सम्पन्न

    काठमाडौँ / कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ सम्पन्न भएको छ । 

    भदौ १४ र १५ गते काठमाडौँको होटल ले हिमालय भएको यो क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु(साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेशेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको थियो।

    आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरिएको हो । 

    कार्यशालामा इन्टरनेट गभर्नेस सम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्स जस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।

    कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै आयोजक क्यान महासंघका अध्यक्ष रणाजीत कुमार पोदारले क्यानले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगा जस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्तवपूर्ण प्रशिक्षण प्राप्त हुने बताए ।

    00.JPG

    प्रमुख अतिथि पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एव‌ं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नीतिनिर्माण प्रक्रियामा युवाहरूको सहभागिता र सक्रियतामा जोड दिँदै आईजीएफ क्योटोमा आफू सहभागी हुँदा प्राप्त अनुभव र नेपालमा यसलाई कार्यान्वयन गर्ने उपायहरूबारे प्रकाश पारिन् ।

    कार्यक्रमका कीनोट स्पिकर ‍ई(गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य(सचिव ई। दीपेश विष्टले डिजिटलाइजेशन प्रक्रियासँग सरकारको प्रक्रियाको समन्वयको आवश्यकता र एकल डाटा आदान(प्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

    त्यसैगरी, अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सबै सरोकारवालाको भूमिकालाई पनि जोड दिएका थिए ।

    पहिलो दिनको दोस्रो सत्रमा इन्टरनेट गभर्नेन्सको परिचयबारे श्रीदीप रायमाझीले प्रस्तुति दिएका थिए, जसमा इन्टरनेट गभर्नेन्स भनेको के हो र प्रमुख सरोकारवालाहरू को को हुन् भन्नेबारे विस्तृत जानकारी दिइएको थियो । त्यसपछि, दीक्षा राउतले इन्टरनेट गभर्नेन्समा आफ्नो अनुभव र यात्रा सुनाउँदै युवाहरूले यस्ता फोरममा सक्रियतापूर्वक सहभागिता जनाउनुपर्नेमा जोड दिइन् ।

    सोहि दिन इन्टरनेसनल कर्पोरेसन फर असाइन्ड नेम्ज एन्ड नम्बर्ज (आईक्यान)को परिचयबारे सेसन सञ्चालन गरिएको थियो, जसमा आईक्यानका प्रतिनिधि यश अग्रवालले आईक्यानको भूमिका, यसको संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिए ।

    चौंथो सत्रमा एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपनिक)को परिचयबारे दिव्या खतिवडाले प्रस्तुति दिएका थिए भने एपनिक फेलोहरू करिश्मा पराजुली र इशारा ढकालले आफ्नो अनुभव सुनाएका थिए ।

    त्यस्तै, एपिगा नेपालका टिम लिडर विवेक सिलवाल र कार्यक्रम स‌ंयोजक उदिप बरालले आईक्यानसँगको आफ्नो यात्राबारे जानकारी दिँदै युवाहरूले कसरी यसमा सहभागी हुन सक्छन् भन्ने विषयबारे प्रकाश पारे ।

    पाँचौँ सत्रमा ‘नेपालको परिप्रेक्ष्यमा इन्टरनेट गभर्नेन्स’ विषयमा प्यानल डिस्कसन आयोजना गरिएको थियो, जसको मोडरेटरमा गभर्नेन्स, रिस्क र कम्प्लायन्स (जीआरसी) प्राक्टिस लिड विवेक एस. राणा थिए । 

    000.JPG

    सो अवसरमा प्यानलिस्टहरू जनरल टेक्नोलोजी प्रा।लि।की सीईओ सुनैना पाण्डे, क्यान महासंघको अनुसन्धान तथा विकास समितिका अध्यक्ष हेमपाल श्रेष्ठ, सुबिसु केबल नेटका उपाध्यक्ष तथा म्यानरर्स पोलिसी एम्बेसडर एवं आईक्यान एसएस आरटु रिभिउ सदस्य रामकृष्ण परियार र सफ्टवेरिका कलेज अफ आईटीका क्याम्पस प्रमुख प्रमोद पौडेलले नेपालको सन्दर्भमा इन्टरनेट गभर्नेन्सको अभ्यास र अवस्थाबारे आफ्ना धारणा राखेका थिए ।

    त्यस्तै, कार्यक्रममा समिक खरेलले आईक्यानका सहयोगी संगठनहरू, सल्लाहकार समितिहरूको संरचना र उनीहरूको भूमिका तथा आईक्यानको नीतिनिर्माण प्रक्रियाबारे विस्तृत जानकारी पनि प्रदान गरे ।

    पहिलो दिनको अन्त्यमा सहभागीहरूले आफ्नो अनुभव र प्रतिक्रिया दिँदै नीतिनिर्माण प्रक्रियामा युवाहरूको सक्रिय सहभागिताको आवश्यकता महसुस भएको बताएका थिए । 

    त्यसपछि, एपिगा नेपालका टिम लिडर विवेक सिलवालले ‘मोडेल आईक्यान कन्फ्रेन्स’ का लागि तयारी सत्र सञ्चालन गर्दै सहभागीहरूलाई गाइडबुकमा आधारित जानकारी प्रदान गरे ।

    कार्यक्रमको दोस्रो दिनको सुरुवातमा एपिगा नेपाल टिम लिडर सिलवालले संयुक्त राष्ट्रसङ्घको इन्टरनेट गभर्नेन्स फोरम (यून-आईजीएफ) र ग्लोबल मल्टी(स्टेकहोल्डर तथा बहुपक्षीय प्रक्रियाहरूका बारेमा प्रस्तुति दिएका थिए । 

    त्यसपछि युवा सहभागिताका बारेमा भएको प्यानल डिस्कसनमा यूएन आईजीएफ सचिवालयकी अन्जा गेन्गो, आईक्यान एप्याकका सामिरन गुप्ता र APrIGF तथा APRALO अध्यक्ष अमृता चौधरी प्यानलिस्टको रूपमा उपस्थित थिए ।

    0.JPG

    कार्यक्रमको दोस्रो दिनका सहभागीहरूलाई आईक्यान नीतिनिर्माण प्रक्रियाका लागि मोडेल केस प्रदान गरिएको थियो । मोडेल आईक्यान कन्फ्रेन्सलाई वास्तविक आईक्यान जस्तो सेटिङमा सञ्चालन गरिएको थियो, जसमा सहभागीहरूबीच समूह विभाजन गरी छलफल चलाइएको थियो ।

    मोडेल आईक्यान सत्रपछि सहभागीहरूले रोमाञ्चक क्विज खेलमा भाग लिएका थिए, जसपछि इन्टरनेट गभर्नेन्स क्षेत्रमा कसरी सहभागी हुने र अगाडि बढ्ने भन्ने सत्र सञ्चालन गरिएको थियो ।

    समापन समारोहमा युथ इनोभेसन ल्याबकी कार्यक्रम संयोजक अरुणा जोशीले मन्तव्य दिँदै डिजिटलकरणमा युवाहरूको संलग्नता र नेपालको युवाहरूका लागि आगामी बाटोको महत्त्वमाथि जोड दिइन् ।

    सो अवसरमा सहभागीहरूले दुई दिने कार्यशालाबाट सिकेका कुरासमेत साझा गरेका थिए । एपिगा नेपाल २०२४ का सहभागीहरूले स्थानीय, क्षेत्रीय तथा विश्वव्यापी संगठनका विशेषज्ञ वक्तासँग इन्टरनेट गभर्नेन्स र आईक्यान नीति सम्बन्धी विविध विषयमा अन्तरक्रियात्मक सिकाइको अवसर पाएका थिए। 

    त्यस्तै कार्यक्रममार्फत इन्टरनेट गभर्नेन्स समुदायमा क्रियाशील व्यक्तित्वहरूसँग नजिकिने अवसर प्राप्त गरेका थिए ।

    कार्यक्रमको समापन समारोहमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालमा इन्टरनेट गभर्नेन्सको भविष्य निर्माण गर्नका लागि बलियो आधार राखेको बताउँदै उनले नीति निर्माता, प्रयोगकर्ता, नियामक, टेलिकम अपरेटर, आईएसपीहरू र अन्य मुख्य सरोकारवालाहरूबाट महत्त्वपूर्ण अन्तर्दृष्टि प्राप्त गरेको बताए। 

    साथै, यी छलफललाई सबैका लागि समावेशी, सुरक्षित, र खुला इन्टरनेट पहुँचलाई प्रोत्साहन गर्ने कार्यनीतिहरूमा सहयोग पुग्ने विश्वास राखे । 

    कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथिहरू, वक्ताहरू, प्यानलिस्टहरू, प्रायोजक तथा सहभागीहरूप्रति आभार प्रकट गरे ।

    कार्यक्रमका लागि इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, बैंकिङ्ग पार्टनर ग्लोबल आइएमई बैंक लिमिटेड र सहयोगीहरूमा एडुटेक इन्टरनेसनल प्रालि (होरिएन), एनपीआईएक्स, इन्फोडेभलपर्स प्रालि, सफ्टवेरिका कलेज अफ आईटी र ई(कमर्स र म्याक्स इन्टरनेसनल रहेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार