images
images

इन्धनको मूल्य घटेसँगै क्यानले घटायो हवाई भाडा, कुन गन्तव्यको शुल्क कति ?

इन्धनको मूल्य घटेसँगै क्यानले घटायो हवाई भाडा, कुन गन्तव्यको शुल्क कति ?

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटाएको हो ।

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • इन्धनको मूल्य घटेसँगै क्यानले घटायो हवाई भाडा, कुन गन्तव्यको शुल्क कति ?
    images
    images

    काठमाडौँ / यही भदौँ १५ गते देखि नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो । 

    निगमले इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटाएको हो । 

    आयल निगमले हवाई इन्धनको मूल्य ५ रुपैयाँसम्मले घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरुले पनि इन्धनको मूल्य समायोजन गरेर हवाई भाडा घटाउने वा बढाउने गरेका छन । इन्धनको मूल्य घटेपछि वायुसेवा कम्पनीहरुले इन्धनमा लिएको शुल्क घटाउँदा टिकटकै मूल्य नै घट्ने गरेको छ ।

    क्यानले काठमाडौँ विमानस्थलाई आधार बनाएर तय गरेको भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ घटेको छ । घटेको हवाई भाडा बुधबारदेखि नै लागू भएको क्यानले जानकारी दिएको छ ।

    नयाँ भाडादर अनुसार काठमाडौं विमानस्थललाई आधार बनाएर भएको उडानमा माउन्टेन फ्लाइटमा १७० रुपैयाँ, भद्रपुर १५० रुपैयाँ, विराटनगर १२० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १०५ रुपैयाँ इन्धनको मूल्य घटेको छ ।

    वायुसेवा कम्पनीको लागि इन्धनको लागत घट्दा हवाई भाडा नेपालगन्जमा १६५, धनगढीमा २२०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा १७५, राजविराजमा १०० रुपैयाँले घटेको छ ।

    यस्तो छ हवाई इन्धनको नयाँ लागत, 

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार