images
images

देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रहरुमा पानी पर्ने

देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रहरुमा पानी पर्ने

बिहिवार, भदौ २० २०८१
बिहिवार, भदौ २० २०८१
  • देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रहरुमा पानी पर्ने

    काठमाडौं/  आज विहिबार देशभर मनसुनी वायुको प्रभाव देखिन्छ । 
    कोशी, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि छ। 

    मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

    बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    बिहीबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार