images
images

१६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको ‘एटीआर ४२’ विमानको बिदाइ

१६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको ‘एटीआर ४२’ विमानको बिदाइ

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • १६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको ‘एटीआर ४२’ विमानको बिदाइ

    काठमाडौँ / १६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको नाइनएन–एआइएन जहाजको उडान बन्द हुने भएको छ । 

    images
    images

    निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन एआईएन) विमानको मंगलबार बिदाइ गरेको हो । अब यो विमान बुद्ध एयरले नउडाउने भएको हो।

    उडान अवधिभर विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको यो जहाज बुद्ध एयरले सन् २००८ मा नेपाल ल्याएको थियो । उक्त विमानको बिदाइ गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा राखेको छ। 

    बुद्ध एयरका कर्मचारीले विमानस्थलमा वाटर स्यालुटसहित विमानको बिदाइ गरेका थिए। विमान निर्माता कम्पनीले तोकेको जम्मा उडान संख्याको साइकल पुरा भएपछि उक्त विमानलाई उडानबाट बिदाई गरिएको हो ।

    प्राविधक तवरले जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्ने गर्दछ । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने तथा विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा अतिरिक्त उडान गर्न पाइदैन । यसपछि जहाजलाई विदाई गर्नैपर्ने हुन्छ ।

    विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटिआर जहाजहरू भित्र्याइसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी बनेको छ ।

    बिदाई गर्न लागेको जहाज नेपाली रजिष्ट्रेशन 9N-AIN तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर MSN403 ले व्यवसायिक उडानमार्फत ७० हजार उडान अनावरण पुरा गरेको छ । 

    एटिआरले अहिलेससम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी बिदाई गर्न लागेको विश्वमै यो पहिलो पटक भएको कम्पनीको दाबी छ ।

    उक्त जहाजको बिदाई कार्यक्रममा ‘एटिआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए । 

    यसैगरी टीआरका प्रतिनिधि पवन तनवनीले  बुद्ध एयरको जहाजका दक्ष जनशक्तिको उच्च प्रशंसा गरे । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरूको पनि उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार