images
images

क्लासिक टेकको चाडपर्व लक्षित ‘आधा तिरे पुग्छ अफर’ !

क्लासिक टेकको चाडपर्व लक्षित ‘आधा तिरे पुग्छ अफर’ !

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • क्लासिक टेकको चाडपर्व लक्षित ‘आधा तिरे पुग्छ अफर’ !

    काठमाडौँ / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चाडपर्वको अवसरमा ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक गरेको छ ।

    images
    images

    अफर अनुसार ग्राहाकले वार्षिक अफरको आधा मूल्य तिरेर ६ महिनासम्म इन्टरनेट र टीभी जडान गर्न सक्ने छन् । ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ ।

    यस्तो छ अफर :

    1.PNG

    कम्पनीका अनुसार जडान खर्च निःशुल्क रहेको छ । राउटर र आईपी टीभीका लागि ५/५ सय रुपैयाँ डिपोजिट राख्नुपर्ने छ भने १३ प्रतिशत भ्याट थप लाग्ने छ ।

    यो अफर दशैँ, तिहार र छठ पर्वसम्म लागु हुने र पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार