images
images

भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने, २ लाख ५० हजारले अवलोकन गर्ने अनुमान

भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने, २ लाख ५० हजारले अवलोकन गर्ने अनुमान

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने, २ लाख ५० हजारले अवलोकन गर्ने अनुमान

    भक्तपुरमा भक्तपुर चेम्बर अफ कमर्शको आयोजनामा ‘भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ हुने भएको छ । ‘भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, साँस्कृति, पर्यटन, व्यापार प्रवर्द्धन’को निम्ति महोत्सव हुने भएको हो ।

    images
    images

    आगामी असोज ९ गते देखि १९ गतेसम्म भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा आयोजना हुने सो मेलामा राष्ट्रिय आविष्कार केन्द्रको कृषि स्थलसहित १ सय ५० स्थलहरू रहने बताइएको छ । 

    आयोजक भक्तपुर चेम्वर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठका अनुसार आम सर्वसाधरण जनतालाई दशैको मुखमा सहुलियत दरमा दैनिक उपभोगिय सामान, लताकपडासहित किन मेल गर्न सकिने गरी महोत्सव आयोजनाको तयारी भएको जनाएको छ । 

    दशैँको मुखमा आयोजना हुने यस महोत्सवमा दैनिक उपभोग्य सामानहरू सस्तो सुलभ रुपमा उपलब्ध हुनुका साथै नयाँ स्किमका उत्पादनहरुमा छुटको समेत व्यवस्था हुने जनाएको छ । 

    महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गार्मेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकायका गरी १५० भन्दा बढि स्टलहरु रहने जनाएको हो । 

    साथै सो महोत्सवको आकर्षणका रुपमा राष्ट्रिय आविष्कार केन्द्रबाट आविष्कार भएका सामगी्रहरुको स्टल समेत महोत्सवमा राखिने छ । 

    महोत्सवकै अवसरमा जिल्लाको व्यवसायिक प्रवद्र्धनका लागि भक्तपुर चेम्बर अफ कमर्सले निर्माण गरेको वेभ पोर्टलको उद्घाटन गर्ने योजना पनि रहेको बताएको छ ।

    महोत्सवका संयोजक माधव प्रजापतिले विगतका अनुभवहरुलाई बुटुल्दै भक्तपुर सा“स्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ सर्वसाधारण जनताकालागि उपयोगी हुने गरी आयोजनाको तयारी हुने जनाएको छ । 

    भक्तपुर चेम्वरका निर्वतमान अध्यक्ष न्हुछे मानन्धरसहितका अतिथिहरुको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

    महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

    त्यस्तै, महोत्सवमा राखिने वस्तुहरुको प्रकृतिका आधारमा स्टलको साइज र शुल्क फरक हुनेछ । 

    स्थानीय उत्पादनहरुका लागि न्यून स्टलभाडा रहने छ भने आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क हुनेछ । जसका लागि ११ दिनको स्टल भाडा एक लाख रुपैयाँदेखि १८ हजार ५ सय रुपैयाँसम्म शुल्क लाग्ने आयोजकले जनाएको छ। 

    महोत्सव अवधिभर करिब २ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० कारोड रुपैया बराबरको कारोबार हुने अनुमान रहेको छ ।

    महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँको टिकट लाग्नेछ। वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ।

    महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार