काठमाडौँ / होण्डा टु व्हीलर्स्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।
सो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्नेछन् ।
यसका साथै ‘चुज योर स्किम’अन्र्तगत ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज वा वाइ वान गेट वान सर्भिसिङ ७ वर्षसम्म सित्तैमा पाउन सक्नुहुनेछ ।
साथै, होन्डाको बिग बाइक्सहरूमा १ लाख रुपैयाँसम्म छुट पनि पाउन सक्नुहुनेछ । योे योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
नेपालमा सर्वाधिक रूचाइएको होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
यो स्किम होन्डा इजी फाइनान्समा पनि लागू हुनेछ ।