images
images

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने
    images
    images

    काठमाडौँ / लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। नेपाली अटो क्षेत्रमा लामो समय देखी सेवा पुर्याउदै आएको लक्ष्मी ग्रुपले न्यू इनर्जी भेहिकलहरूको लागि उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

    काठमाडौँको तीनकुनेमा अवस्थित लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टरमा सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। 

    केईको शो रुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आई सकेको छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको ग्रुपले जनाएको छ । 

    सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जांच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ।

    सेन्टरमा सबै प्राविधिकहरु इभी सर्टिफाइड दक्षता हासिल गरेका छ्न्।

    सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस वेहरु जडान गरिएको छ।

    ग्राहकहरूको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकहरूको सहजता र सहुलियतको लागि सो स्टेसन सञ्चालनमा ल्याएको ग्रुपले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार