काठमाडौँ / सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले भूउपयोग ९दोस्रो संशोधन० नियमावली, २०८१ स्वीकृत गरेको छ भने आर्थिक वर्ष २०८१/०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा चार राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
यसैगरी, सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत प्रदान गर्ने तथा नेपाल विद्युत प्राधिकरण र एसजेभिएन लिमिटेडबीच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासका लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गरेको छ ।
त्यस्तै, काँग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस गरेको छ ।
उनलाई फिजी, न्यूजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ, पलाउ, नाउरु, मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यको गैरआवासीय राजदूत पदमा चार वर्षका लागि नियुक्ति गर्न सिफारिस गरेको हो ।
विस्तृत तालिकामा हेर्नुस्