काठमाडौँ / दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ ।
वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन् ।
दसैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ ।
दसैँ आउन करिब एक महिना बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । दसैँको बेलामा अभाव हुन सक्ने भन्दै यात्रुहरूले अहिलेबाट नै टिकट बुकिङ गर्न थालेका हुन् ।
सामान्यतया दसैँ आउन एक महिनाअघि देखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइरहेको एयरलाइन्सले जनाएका छन् ।
आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ ।
सामान्य दिनमा पनि काठमाडौँबाट पोखरा, नेपालगञ्ज, भैरहवा, धनगढी, विराटनगर लगायतका गन्तव्यमा दर्जनौँ उडान भइरहेका छन् । दसैँको बेला यी गन्तव्यमा यात्रुको चाप झन् बढ्छ । सबै गन्तव्यमा टिकट बुकिङ भइरहे पनि टिकटको अभाव भने नहुने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।
तुलनात्मक रुपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रतियात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालाहित हुन्छन् ।
सरकारले हवाई टिकटको न्यूनतम र अधिकतम भाडादर तय गरेको हुन्छ । एयरलाइन्स कम्पनीहरूले सोही अनुसार भाडा लिने गर्छन् । यात्रुले टिकट काट्दा न्यूनतमदेखि अधिकतम भाडा छनोटको सुविधा पनि दिइएको हुन्छ ।
कहाँको भाडादर कति ?