images
images

सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने

सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने
    images
    images

    काठमाडौँ / काठमाडौँको साँखुमा सञ्चालित सुस्मा कोइराला मेमोरियल अस्पतालले आगोले पोलेको तथा जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।

    काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुमा विसं २०५४ देखि सञ्चालित सो अस्पतालले आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न लागेको हो ।

    अस्पतालका मेडिकल डाइरेक्टर डा सन्तोष भण्डारीले देशभरका आगोले पोलेको तथा जलनमा परेका १८ वर्षभन्दा मुनिका बालबालिकालाई अस्पतालले निःशुल्क उपचार गर्ने जानकारी दिए ।

    उनका अनुसार अस्पतालले वार्षिक चार सयभन्दा बढी आगोले पोलेका तथा जलनका बिरामीको उपचार गर्दै आएको छ ।

    अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगोले पोलेका एक सयभन्दा बढी बालबालिका वार्षिक सुस्मा कोइराला मेमोरियल अस्पताल आउने गरेका छन् । यो अस्पताल नेपालकै पहिलो जलनसम्बन्धी उपचार गर्ने अस्पताल हो ।

    अस्पतालले जलनको उपचारका साथै जलन रोकथामसम्बन्धी विभिन्न तालिम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार