images
images

रास्वपाबाट निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ, यस्तो छ कारण

रास्वपाबाट निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ, यस्तो छ कारण

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • रास्वपाबाट निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ, यस्तो छ कारण

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ परेका छन् । कास्कीका एसपी मोहन कुमार थापाका अनुसार पूर्वसांसद श्रेष्ठ पोखराबाट पक्राउ परेका हुन् । 

    पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको छ ।

    साउन ३ मा बागलुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका ४२ वर्षीय प्रकाश थापा मगर पक्राउ परेका थिए । 

    उनको साथबाट बरामद ९७ थान ट्रामाडोल उनले दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए । सो बयानको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर डा. श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।

    समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’पछि पार्टीबाट निष्कासनमा परेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार