images
images

अर्थतन्त्र अब सकारात्मक दिशामा अघि बढ्छ : पूर्वअर्थमन्त्री खतिवडा

अर्थतन्त्र अब सकारात्मक दिशामा अघि बढ्छ : पूर्वअर्थमन्त्री खतिवडा

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • अर्थतन्त्र अब सकारात्मक दिशामा अघि बढ्छ : पूर्वअर्थमन्त्री खतिवडा
    images
    images

    काठमाडौँ / प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र अब सकारात्मक दिशामा अघि बढ्ने बताए । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई) ले संयुक्त रूपमा आयोजना गरेको पाँचौँ नेपाल पूर्वाधार सम्मेलनको चौथो सत्रअन्तर्गत ‘वित्तीय, मौद्रिक र नियमन नीतिहरू’ विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

    उनले भने, “हाँमी बाच्यौं, स्थिर अर्थतन्त्र कायम राख्यौं । केही कुरामा ढिलो भयो होला तर टाट पल्टेनौं । अन्य देशमा जस्तो जबरजस्ती कर लगाएर पेल्ने नीति छैन । संकटको समयमा हामीले केही न केही गर्नैपर्छ तर अन्य किसिमका प्रतिवन्धहरू सधैँ भइरहेको छैन ।”  

    नेपालको कर प्रणाली पारदर्शी रहेको बताउँदै डा. खतिवडाले दोहोरो कर संकलन नहोस् भनेर एकद्वार प्रणाली अपनाइएको स्पष्ट पारे ।

    “कतिपय अस्पष्ट क्षेत्र हुँदैमा लगानीमा बाधा पुग्छ भन्ने होइन । लाभका ठाउँ धेरै छन् । निजी क्षेत्रका लागि पारदर्शी र व्यापारमैत्री वातावरण छ । ढुक्क भएर लगानी गर्नुस्,” उनले भने । 

    प्रतिस्पर्धात्मक वातावरणमा निजी क्षेत्रले प्रभावकारी रूपमा गर्न सक्ने भन्दै उनले सार्वजनिक क्षेत्रबाट निजी क्षेत्रमा लगानी विस्तारै हस्तान्तरण हुँदै गएको बताए । 

    “सार्वजनिक लगानीका कतिपय योजना छनोटमा ध्यान दिन जरूरी छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) ऐनलगायत काम पनि प्रक्रियामा छन्,” उनले भने ।
     
    लगानी सहजीकरणका लागि विभिन्न नियमनकारी प्रावधानको आवश्यकता हुने बताउँदै उनले पूर्वाधारमा लगानीको सहजीकरणका लागि कानुनमा सुधार गरेर लैजानुपर्नेमा जोड दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार