images
images

लगानी प्रवद्र्धन गरी पूर्वाधारमैत्री वातावरण बनाउन राष्ट्र बैंक प्रतिवद्ध छ : डेपुटी गभर्नर मिश्र

लगानी प्रवद्र्धन गरी पूर्वाधारमैत्री वातावरण बनाउन राष्ट्र बैंक प्रतिवद्ध छ : डेपुटी गभर्नर मिश्र

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • लगानी प्रवद्र्धन गरी पूर्वाधारमैत्री वातावरण बनाउन राष्ट्र बैंक प्रतिवद्ध छ : डेपुटी गभर्नर मिश्र
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले लगानी प्रवद्र्धन गरी पूर्वाधारमैत्री वातावरण बनाउन राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका छन् । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई) ले संयुक्त रूपमा आयोजना गरेको पाँचौँ नेपाल पूर्वाधार सम्मेलनको चौथो सत्रअन्तर्गत ‘वित्तीय, मौद्रिक र नियमन नीतिहरू’ विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

    “एफडीआईको लागि थ्रेसहोल्ड हटाइएको छ । लगानी प्रवद्र्धन गरी पूर्वाधारमैत्री वातावरण बनाउन राष्ट्र बैंक प्रतिवद्ध छ,” उनले भने । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्रको पूर्वाधार निर्माण योजनामा सरकारले चाँडो निर्णय गरिदिनुपर्ने बताए । 

    उनले वित्तीय स्थायित्व कायम गर्दै विकासको कार्यमा सहयोग गर्ने गरी अहिले भएका केही व्यवस्थालाई सहजीकरण गर्न लागिएको जानकारी दिए । 

    “ब्याजदरलाई सिंगल डिजिट बनाएका छौं । पूर्वाधारको निम्ति ठूलो रकम आवश्यक पर्ने हुनाले वैदेशिक लगानीका प्रक्रियागत झन्झटलाई हटाएका छौं,” उनले भने । 

    बैंक तथा वित्तीय संस्थाको क्षमता धान्न सक्ने अवस्थामा रहेको उनले एनपिए थोरै वृद्धि भएकाले कर्जा प्रवाहमा समस्या नपर्ने विश्वास व्यक्त गरे । 

    “ठूला परियोजनाको सहजीकरण गरिदिनुपर्छ । जमिन प्राप्त गर्ने ठूलो चुनौती छ । प्रविधि भित्र्याउन धेरै समस्या छ । कर बढी छ र परियोजनामा लगानी धेरै हुन्छ । परियोजनामा व्यवस्थित लगानी छैन,” उनले भने । व्यावसायिक वातावरण बनाउन नीतिगत सुधार जरूरी भएको उनले उल्लेख गरे । 

    “निजी क्षेत्रले कुनै परियोजना सञ्चालनका लागि जग्गा प्राप्ति निकै समस्या हुने गरेको छ । जग्गा प्राप्तिपछि अन्य विषयको पनि समस्या छ । सबै चुनौतीका बाबजुद पनि हामीले सञ्चालन गरेका उद्योग चलिरहेका छन्, नाफा पनि कमाइरहेका छन् । भविष्यमा अझ राम्रो तस्बिर आउने छ,”उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार