images
images

कांग्रेस मकवानपुर – काठमाडौं सम्पर्क समितिद्वारा शुभकामना आदान प्रदान

कांग्रेस मकवानपुर – काठमाडौं सम्पर्क समितिद्वारा शुभकामना आदान प्रदान

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • कांग्रेस मकवानपुर – काठमाडौं सम्पर्क समितिद्वारा शुभकामना आदान प्रदान

    काठमाडौं/  नेपाली काग्रेस मकवानपुर –काठमाडौं सम्पर्क समितिद्वारा आयोजित नेपालीहरुको महान चाडपर्बहरुको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images

    यस्तैगरी पालिका स्तरिय सम्पर्क समिती गठन कार्यक्रम नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सम्पर्क समिति बिभाग प्रमुख नानू बास्तोलाको प्रमुख आतिथ्यमा भएको थियो । 

    सम्पर्क समितीका सभापति तेज प्रसाद घिमिरेको अध्यक्षतामा तथा बागमती प्रदेश का सभापती इन्द्र बहादुर  बानियाँको विशिष्ट आतिथ्य र मकवानपुर जिल्ला सभपति बुध्द लामाको  बिशेष अतिथ्यमा सम्पन्न भएको जनाएको छ । 

    5.jpeg

    कार्यक्रममा मकवानपुर जिल्लामा रहेका १० वटा पालिका मध्ये ८ वटा पालिकाको संयोजक चयन गरेको छ ।  

    हेटौंडा उप महानगरपालिकाबाट राजिब लामिछाने, मकवानपुरगढी गाउँ पालिकाबाट राजकुमार बन्जारा, बकैया गाउँ पालिकाबाट लाल बाहादुर भोम्जन, बाग्मती गाउँ पालिकाबाट खुद बहादुर घलान, मनहरी गाउँ पालिकाबाट  कल्पना गौतम, भिमफेदी गाउँ पालिकाबाट समुन्द्र मान घिसिङ, कैलाश गाउँ पालिकाबाट अमर मोक्तान र थाहा नगरपालिकाबाट मान कुमार स्याङ्तान नियुक्त गरिएको छ  भने मकवानपुर – काठमाडौं सम्पर्क समिती ने बि संघ संयोजक अपेक्षा सुबेदीलाई चयन गरिएको छ साथै बरिस्ठ न्युरो सर्जन प्रा. डा.  गोपाल रमण शर्मा  र औषधि ब्याबसायी पृथ्वीराज वैद्यलाई सम्मान गरिएको थियो ।

    उक्त कार्यक्रममा मुख्य बक्ताहरु केन्द्रिय सदस्य नानू बस्तोलास बाग्मती प्रदेशका सभपति इन्द्र बहादुर बानियाँ र जिल्ला सभापति बुध्द लामा आफ्ना धाराणाहरु प्रस्तुत गरेका थिए । 

    4 (1).jpeg

    साथै, अन्य बक्ताहरु बाग्मती प्रदेश सदस्य चम्पु रत्न लामा, मकवानपुरका नेता तथा महासमितीका सदस्य जयराम लामिछाने, महासमिती सदस्य उमा दहाल, संघीय सभापति दामोदर खनाल, मकवानपुर क्षेत्र न. १ प्रदेश “क“ सभापति शुशान्त श्रेष्ठ थाहा नगरपालिकाका सभापति प्रमोद जोशी, मनहरी गाउँ पालिकाका सभापती प्रकाश बर्तौला र सम्पुर्ण सम्पर्क समितीको तर्फबाट निर्मल रिजाल आफ्नो धारणा राखेका थिए । 

     

    समितिको स्थापना कालदेखि हालसम्म गरेको समितिको  महत्त्वपूर्ण काम र योगदान बारे नेपाली काङ्ग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितिको निबर्तमान सभापति पुरुषोत्तम ठकुरीले चर्चा  गरेका थिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार