images
images

अटो कम्पनीको दशैं–तिहार लक्षित अफर : नगद छुटदेखि बम्पर उपहारसम्म, कुन कम्पनीले के ल्याए ?

अटो कम्पनीको दशैं–तिहार लक्षित अफर : नगद छुटदेखि बम्पर उपहारसम्म, कुन कम्पनीले के ल्याए ?

आफ्ना ग्राहकहरूलाई आकर्षित गर्नका लागि विभिन्न दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी कम्पनीहरूले भारी डिस्काउन्टका साथ विभिन्न अफर सार्वजनिक गरेका छन् ।

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • अटो कम्पनीको दशैं–तिहार लक्षित अफर : नगद छुटदेखि बम्पर उपहारसम्म, कुन कम्पनीले के ल्याए ?

    काठमाडौँ / नेपालीहरुको महान चाड दशैं–तिहार आउन केही दिन मात्रै बाँकी रहेको छ । नाडा अटो शो २०२४ सम्पन्न भएसँगै गाडी किन्ने माहोल बनाउन लागिपरेका अटो बिक्रेता कम्पनीहरु नौ रथा लागेसँगै बिक्री बढाउने तरखरमा रहेका छन् । 

    images
    images

    आफ्ना ग्राहकहरूलाई आकर्षित गर्नका लागि विभिन्न दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी कम्पनीहरूले भारी डिस्काउन्टका साथ विभिन्न अफर सार्वजनिक गरेका छन् । 

    साथै, बजारमा विभिन्न नयाँ गाडी पनि सार्वजनिक गरेका छन् । विगतका वर्षहरूमा पनि सवारीसाधन बिक्रेता कम्पनीहरूले छुटको अफर सार्वजनिक गर्ने गरेका थिए ।

    दशैं तिहारजस्ता ठूला चाडपर्व बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो । दशैंतिहारमा केही मात्रामा भए पनि व्यापार बढ्ने उद्देश्यका साथ दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको व्यवसायीहरूको भनाइ छ । दशैंतिहारमा धेरै मात्रामा बिक्री नभए पनि व्यापार चलायमान हुने व्यवसायीहरूको विश्वास छ ।

    नेपालमा विभिन्न चाडपर्वको समयमा मात्रै वार्षिक रूपमा करिब ४० प्रतिशत सवारीसाधनको व्यापार हुने गरेको व्यापारीहरूले बताएका छन् । 

    कुन चार पाङ्ग्रे कम्पनीको कस्तो अफर ? 

    हुन्डाईका कार किन्दा १० लाखसम्म छुट पाइने

    हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं-तिहार लक्षित ‘फेस्टिभ डिलाइट २०८१’ योजना सार्वजनिक गरेको छ । यसवर्ष पनि पुरानै परम्परा कायम राख्दै कम्पनीले १ जना भाग्यमानी ग्राहकलाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत दिने घोषणा गरेको छ । 

    हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ । हुन्डार्ड फेस्टिभ डिलाइट २०८१ अन्तर्गत हुन्डाई गाडीको खरीदमा १० लाखसम्म नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका र १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

    निसानको नयाँ गाडी किन्दा १५ लाखसम्म छुट

    नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ योजना ल्याएको छ ।  कम्पनीले ल्याएको यस योजना अनुसार निसानका सबै गाडीहरू—निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेल खरिदमा छुट हुनेछ । 

    जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ बर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुटहरू पाउन सकिने कम्पनीले जनाएको छ । 

    निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिनेछ ।  यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने जनाइएको छ ।

    सुजुकीको दसैँतिहार लक्षित अफर’, ४ लाखसम्म छुट

    नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदै गरेका महान् चाड दसैँतिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एसेसरिजहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।

    टाटा मोटर्सको टुर प्याकेज 

    नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैंलाई लक्षित विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन्। होम अप्लायन्स अन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टिभी, माइक्रो वेब छन् भने ग्याजेट अन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ। 

    यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप रहेका छन्। यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्। यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। यो योजना असोज १४ गतेसम्म लागु हुनेछ।

    एमजीमा ६ लाख छुट 

    नेपालका लागि एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले ६ लाख छुटको योजना ल्याएको छ । कम्पनीले एमजी जेडएस ईभीको १०० वटा गाडीमा ६ लाख छुटको योजना ल्याएको हो । यसअघि ५२ लाख ९९ हजार पर्ने जेडएस ईभीलाई अफरअन्तर्गत ग्राहकले ४६ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । त्यसका साथै कम्पनीले वुलिङ ईभी किन्दा २ लाख छुट दिने भएको छ । ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको कारलाई ग्राहकले दसैँ तथा तिहार अफरमा २९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । 

    सांग्रिला मोटर्सद्वारा सिट्रोन सी ३ र ईसी ३ मा चाडपर्व अफर

    नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ । सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको हो । जुन गाडी ७.४ लाख डाउन पेमेन्टमा उपलब्ध हुने जनाइएको छ । यसैगरी सिट्रोन ईसी ३ अफरमा निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको अफर रहेको छ भने प्रि–बजेट मूल्य, ३५.९९ लाख रुपैयाँमा रहेको कम्पनीले जनाएको छ ।

    होन्डाको ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ योजना

    होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि कारको खरिदमा रु ५ लाखसम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र निस्शुल्क करका साथै र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि निस्शुल्क पाउने छन् । 

    ग्राहकहरूलाई सजिलो फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर का साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहेको छ । कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

    कुन दुई पाङ्ग्रे कम्पनीको कस्तो अफर ?

    होण्डाको मोटरसाइकल तथा स्कुटर किन्दा १० लाख रूपैयाँ जित्न सकिने

    होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सकिनेछ । 

    यसका साथै चुज योर स्किमअन्तर्गत ग्राहकहरूले १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार पाँच सय बराबरको ५ वर्षे एएमसी प्याकेज वा छ ‘बाइ १ गेट १ सर्भिसिङ’ ७ वर्षसम्म सित्तैमा पाउन सक्ने कम्पनीको दाबी छ । साथै होन्डाको बिग बाइकहरूमा १ लाख रूपैयाँसम्म छुट पनि पाउन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीको भनाइ छ। होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । यो योजना होण्डा इजी फाइनान्समा पनि लागु हुनेछ ।

    सिजी मोटर्सको ‘एक्कासि मालामाल’ दसैँ तिहार अफर

    सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा ‘दसैँ तिहार अफर’ ल्याएको छ । उक्त अफरअन्तर्गत जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्न सकिनेछ । 

    साथै, कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजनासमेत ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।

    सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ७ हजारसम्म छुट

    सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबामाइल्स प्रालिले दशैं–तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास पाउनेछन् । 

    साथै कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ । सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनीय कायम गर्न ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।  अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चड्दा ५ वर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ ।

    टिभिएस नेपालको “नयाँ युगको आरम्भ’’ अफर, हरेक सप्ताह  १०० प्रतिशत क्याशब्याक

    नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना देशभर सीमित समयावधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको हो । 

    “नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत [www.tvsnepal.com/Dashai] मा गएर नकिन्दै पाँच लाख सम्म जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । जसमा हरेक सप्ताह  १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ ।

    भेस्पा र अप्रिलियाले दिँदैछ यसपालिको चाडपर्वमा ‘खुशी ३ गुणा’

    भेस्पा र अप्रिलियाको नेपालको लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले यो चाडपर्वको अवसरमा आफ्नो ग्राहकवर्गको लागि ‘खुशी ३ गुणा’ नामक अफर ल्याएको छ । उक्त अफरअन्तर्गत ग्राहकहरूले पूरै ३ थरीको उपहार र धेरै खुशी पाउने दाबीका साथ कम्पनीले यस्तो अफर ल्याएको हो । 

    हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म नगद छुटको साथ ६ हजार रुपैयाँ बराबरको स्मार्टवाच तुरुन्तै पाउनेछन् । त्यस्तै, हरेक हप्ता लक्की ड्रमार्फत अनर २०० फाइभजी (१२/२४६ जिबी) एवं बम्पर उपहारस्वरुप ४ रात ५ दिनको बाली भ्रमण १ जोडीले जित्ने मौका पाउनेछन् । 

    कम्पनीको अनुसार यो अफरले ग्राहकहरुको मन जित्ने पक्का छ किनकि चाडपर्वको सीमित अवधिको लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरुले भेस्पा वा अप्रिलिया खरिद गर्ने बित्तिकै स्मार्टवाच र १० हजार रुपैयाँ जित्ने निश्चित छ र लक्की ड्र मार्फत पनि हरेक हप्ता अनर मोबाइल एवं योजनाको अन्त्यमा बाली भ्रमण पनि जित्न सक्नुहुनेछ ।

    यामाहाको ‘बिगेस्ट १०शैँ’, १० लाखसम्म नगद फिर्ता हुने

    नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । ‘बिगेस्ट १०शैँ’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरसट क्यासब्याक उपहार प्राप्त गर्न सकिनेछ । 

    यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ। यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ ।

    बजाजको क्यास सफारी, ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सकिने 

    बजाजका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको अफर हो ‘क्यास सफारी’ । कम्पनीले ल्याएको ‘हात हातमा हात्ती, लकमा लखपति’ योजनामा अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने छन् ।

    कम्पनीका अनुसार एक हात्ती बराबर एक हजार रुपैयाँ हुनेछ । कम्पनीले सार्वजनिक गरेको यस स्कीममा बाइक खरिद गर्ने ग्राहकले सहज फाइनान्स सुविधा साथै पाँच वर्षसम्मको वारेन्टी पाउने बताएको छ । त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जङ्गल सफारी उपलब्ध गराउने कम्पनीले बम्पर उपहारमा १ जोडीलाई केन्यामा जङ्गल सफारी गराउने भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार