images
images

दशैं–तिहारमा दुई पाङ्ग्रे सवारीसाधन किन्दा कुन ब्राण्डमा कस्तो अफर ?

दशैं–तिहारमा दुई पाङ्ग्रे सवारीसाधन किन्दा कुन ब्राण्डमा कस्तो अफर ?

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • दशैं–तिहारमा दुई पाङ्ग्रे सवारीसाधन किन्दा कुन ब्राण्डमा कस्तो अफर ?

    काठमाडौँ / चाडपर्वको मौसम सुरु हुँदै गर्दा दशैं तथा तिहारलाई लक्षित गर्दै मोटरसाइकलका बितरणकहरुले विभिन्न किसिमका अफर अघि सारेका छन् । औसत समयमाभन्दा चाडपर्वका बेला दुई पाङ्ग्रे सवारी साधनको व्यापार बढी हुने गरेको छ ।

    images
    images

    यही अवसरलाई आफुले सदुपयोग गर्नका लागि मोटरसाइकलका बिक्रेताहरुले ग्राहकलाई आफुतिर तान्न अफरहरु सार्वजनिक गरेका हुन् । अधिकांश वितरकहरुले दशैँ, तिहार र छठलाई लक्षित गर्दै छुट, थप उपहार, सेवा लगायतका अफरहरु सुरु गरेका हन् ।

    दशैं तिहारजस्ता ठूला चाडपर्व बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो । कम्पनीहरुले चाडवाडको समयमा नगद छुट, बीमाको सुविधा, सहज रुपमा सस्तो किस्दा बन्दी लगायतका योजना धमाधम ल्याईरहेका छन् । 

    कुन दुई पाङ्ग्रे कम्पनीको कस्तो अफर ?

    होण्डाको मोटरसाइकल तथा स्कुटर किन्दा १० लाख रूपैयाँ जित्न सकिने

    होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सकिनेछ । 

    यसका साथै चुज योर स्किमअन्तर्गत ग्राहकहरूले १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार पाँच सय बराबरको ५ वर्षे एएमसी प्याकेज वा छ ‘बाइ १ गेट १ सर्भिसिङ’ ७ वर्षसम्म सित्तैमा पाउन सक्ने कम्पनीको दाबी छ । साथै होन्डाको बिग बाइकहरूमा १ लाख रूपैयाँसम्म छुट पनि पाउन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीको भनाइ छ। होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । यो योजना होण्डा इजी फाइनान्समा पनि लागु हुनेछ ।

    सिजी मोटर्सको ‘एक्कासि मालामाल’ दसैँ तिहार अफर

    सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा ‘दसैँ तिहार अफर’ ल्याएको छ । उक्त अफरअन्तर्गत जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्न सकिनेछ । 

    साथै, कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजनासमेत ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ ।

    सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ७ हजारसम्म छुट

    सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबामाइल्स प्रालिले दशैं–तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास पाउनेछन् । 

    साथै कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ । सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनीय कायम गर्न ५ वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।  अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चड्दा ५ वर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ ।

    टिभिएस नेपालको “नयाँ युगको आरम्भ’’ अफर, हरेक सप्ताह  १०० प्रतिशत क्याशब्याक

    नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “नयाँ युगको आरम्भ” नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना देशभर सीमित समयावधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको हो । 

    “नयाँ युगको आरम्भ’’ योजना अन्तर्गत [www.tvsnepal.com/Dashai] मा गएर नकिन्दै पाँच लाख सम्म जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । जसमा हरेक सप्ताह  १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ । यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स उपलब्ध गराउने बताएको छ ।

    भेस्पा र अप्रिलियाले दिँदैछ यसपालिको चाडपर्वमा ‘खुशी ३ गुणा’

    भेस्पा र अप्रिलियाको नेपालको लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले यो चाडपर्वको अवसरमा आफ्नो ग्राहकवर्गको लागि ‘खुशी ३ गुणा’ नामक अफर ल्याएको छ । उक्त अफरअन्तर्गत ग्राहकहरूले पूरै ३ थरीको उपहार र धेरै खुशी पाउने दाबीका साथ कम्पनीले यस्तो अफर ल्याएको हो । 

    हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म नगद छुटको साथ ६ हजार रुपैयाँ बराबरको स्मार्टवाच तुरुन्तै पाउनेछन् । त्यस्तै, हरेक हप्ता लक्की ड्रमार्फत अनर २०० फाइभजी (१२/२४६ जिबी) एवं बम्पर उपहारस्वरुप ४ रात ५ दिनको बाली भ्रमण १ जोडीले जित्ने मौका पाउनेछन् । 

    कम्पनीको अनुसार यो अफरले ग्राहकहरुको मन जित्ने पक्का छ किनकि चाडपर्वको सीमित अवधिको लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरुले भेस्पा वा अप्रिलिया खरिद गर्ने बित्तिकै स्मार्टवाच र १० हजार रुपैयाँ जित्ने निश्चित छ र लक्की ड्र मार्फत पनि हरेक हप्ता अनर मोबाइल एवं योजनाको अन्त्यमा बाली भ्रमण पनि जित्न सक्नुहुनेछ ।

    यामाहाको ‘बिगेस्ट १०शैँ’, १० लाखसम्म नगद फिर्ता हुने

    नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । ‘बिगेस्ट १०शैँ’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरसट क्यासब्याक उपहार प्राप्त गर्न सकिनेछ । 

    यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ। यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ ।

    बजाजको क्यास सफारी, ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सकिने 

    बजाजका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको अफर हो ‘क्यास सफारी’ । कम्पनीले ल्याएको ‘हात हातमा हात्ती, लकमा लखपति’ योजनामा अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसर्ट १०० वटासम्म हात्ती जित्न सक्ने छन् ।

    कम्पनीका अनुसार एक हात्ती बराबर एक हजार रुपैयाँ हुनेछ । कम्पनीले सार्वजनिक गरेको यस स्कीममा बाइक खरिद गर्ने ग्राहकले सहज फाइनान्स सुविधा साथै पाँच वर्षसम्मको वारेन्टी पाउने बताएको छ । त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जङ्गल सफारी उपलब्ध गराउने कम्पनीले बम्पर उपहारमा १ जोडीलाई केन्यामा जङ्गल सफारी गराउने भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार