images
images

दशैँ–तिहारमा कुन गाडी किन्दा कस्तो सुविधा ? यस्ता छन् कम्पनीहरुको अफरै अफर

दशैँ–तिहारमा कुन गाडी किन्दा कस्तो सुविधा ? यस्ता छन् कम्पनीहरुको अफरै अफर

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • दशैँ–तिहारमा कुन गाडी किन्दा कस्तो सुविधा ? यस्ता छन् कम्पनीहरुको अफरै अफर

    काठमाडौँ / नेपालीहरुको महान चाड दशैं–तिहार आउन केही दिन मात्रै बाँकी रहेको छ । नाडा अटो शो २०२४ सम्पन्न भएसँगै गाडी किन्ने माहोल बनाउन लागिपरेका अटो बिक्रेता कम्पनीहरु नौ रथा लागेसँगै बिक्री बढाउने तरखरमा रहेका छन् । 

    images
    images

    आफ्ना ग्राहकहरूलाई आकर्षित गर्नका लागि सुजुकी, हुन्डाई, टाटा, ड्याट्सनरनिसान, महिन्द्र, फोर्ड, सिप्रदीलगायत विभिन्न गाडी कम्पनीले भारी डिस्काउन्टका साथ विभिन्न अफर सार्वजनिक गरेका छन् । 

    यसमा विभिन्न कम्पनीको छुट्टाछुट्टै अफरसहित बजारमा विभिन्न नयाँ गाडी पनि सार्वजनिक गरेका छन् । विगतका वर्षहरूमा पनि सवारीसाधन बिक्रेता कम्पनीहरूले छुटको अफर सार्वजनिक गर्ने गरेका थिए ।

    दशैंतिहारमा केही मात्रामा भए पनि व्यापार बढ्ने उद्देश्यका साथ दशैंतिहार लक्षित अफर सार्वजनिक गरेको व्यवसायीहरूको भनाइ छ । दशैंतिहारमा धेरै मात्रामा बिक्री नभए पनि व्यापार चलायमान हुने व्यवसायीहरूको विश्वास छ ।

    नेपालमा विभिन्न चाडपर्वको समयमा मात्रै वार्षिक रूपमा करिब ४० प्रतिशत सवारीसाधनको व्यापार हुने गरेको व्यापारीहरूले बताएका छन् । 

    कुन चार पाङ्ग्रे कम्पनीको कस्तो अफर ? 

    हुन्डाईका कार किन्दा १० लाखसम्म छुट पाइने

    हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं-तिहार लक्षित ‘फेस्टिभ डिलाइट २०८१’ योजना सार्वजनिक गरेको छ । यसवर्ष पनि पुरानै परम्परा कायम राख्दै कम्पनीले १ जना भाग्यमानी ग्राहकलाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत दिने घोषणा गरेको छ । 

    हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ । हुन्डार्ड फेस्टिभ डिलाइट २०८१ अन्तर्गत हुन्डाई गाडीको खरीदमा १० लाखसम्म नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका र १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

    निसानको नयाँ गाडी किन्दा १५ लाखसम्म छुट

    नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ योजना ल्याएको छ ।  कम्पनीले ल्याएको यस योजना अनुसार निसानका सबै गाडीहरू—निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेल खरिदमा छुट हुनेछ । 

    जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ बर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुटहरू पाउन सकिने कम्पनीले जनाएको छ । 

    निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सकिनेछ ।  यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने जनाइएको छ ।

    सुजुकीको दसैँतिहार लक्षित अफर’, ४ लाखसम्म छुट

    नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदै गरेका महान् चाड दसैँतिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एसेसरिजहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।

    टाटा मोटर्सको टुर प्याकेज 

    नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैंलाई लक्षित विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। जस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा ग्राहकले होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन्। होम अप्लायन्स अन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टिभी, माइक्रो वेब छन् भने ग्याजेट अन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ। 

    यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप रहेका छन्। यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्। यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। यो योजना असोज १४ गतेसम्म लागु हुनेछ।

    एमजीमा ६ लाख छुट 

    नेपालका लागि एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले ६ लाख छुटको योजना ल्याएको छ । कम्पनीले एमजी जेडएस ईभीको १०० वटा गाडीमा ६ लाख छुटको योजना ल्याएको हो । यसअघि ५२ लाख ९९ हजार पर्ने जेडएस ईभीलाई अफरअन्तर्गत ग्राहकले ४६ लाख ९९ हजारमै खरिद गर्न सक्नेछन् । त्यसका साथै कम्पनीले वुलिङ ईभी किन्दा २ लाख छुट दिने भएको छ । ३१ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको कारलाई ग्राहकले दसैँ तथा तिहार अफरमा २९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् । 

    सांग्रिला मोटर्सद्वारा सिट्रोन सी ३ र ईसी ३ मा चाडपर्व अफर

    नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ । सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको हो । जुन गाडी ७.४ लाख डाउन पेमेन्टमा उपलब्ध हुने जनाइएको छ । यसैगरी सिट्रोन ईसी ३ अफरमा निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको अफर रहेको छ भने प्रि–बजेट मूल्य, ३५.९९ लाख रुपैयाँमा रहेको कम्पनीले जनाएको छ ।

    होन्डाको ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ योजना

    होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि कारको खरिदमा रु ५ लाखसम्मको नगद छुटका साथै २ वर्षका लागि गाडीको बीमा र निस्शुल्क करका साथै र ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि निस्शुल्क पाउने छन् । 

    ग्राहकहरूलाई सजिलो फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर का साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहेको छ । कम्पनीले फ्री एसेसरिज र स्पट एक्सचेन्जको सुविधा पनि उपलब्ध गराउनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार