images
images

साउनमा वाणिज्य बैंकहरुले कमाए ९ अर्ब १७ करोड नाफा, ग्लोबल आइएमईले सर्वाधिक कमाउँदा अन्यले कति ?

साउनमा वाणिज्य बैंकहरुले कमाए ९ अर्ब १७ करोड नाफा, ग्लोबल आइएमईले सर्वाधिक कमाउँदा अन्यले कति ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनमा २० वाणिज्य बैंकहरूले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • साउनमा वाणिज्य बैंकहरुले कमाए ९ अर्ब १७ करोड नाफा, ग्लोबल आइएमईले सर्वाधिक कमाउँदा अन्यले कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा अर्थात साउन महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्।

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । 

    अग्रस्थानमा ग्लोबल आइएमई, कम नाफा कमाउने माछापुच्छ्रे बैंक

    नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। साउनमा यस बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । 

    यस्तै, सबैभन्दा कम नाफा आर्जन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । पहिलो महिनामा यस बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । 

    अन्य कुन बैंकको नाफा कति ? 

    नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई पछि दोस्रो स्थानमा नबिल बैंक रहेको छ। नबिल बैंकले साउन महिनामा ८० करोड ३३ लाख रुपैयाँ कमाउन सफल भएको हो । 

    यस्ूतै, सर्वाधिक नाफा कमाउने तेस्रो वाणिज्य बैंकमा कृषि विकास बैंक रहेको छ। यो बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    चौथो धेरै नाफा कमाउनेमा हिमालयन बैंक रहेको छ। हिमालयनले साउनमा ५८ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    उच्च नाफाका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पाँचौँ स्थानमा रहेको छ। यो बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    त्यस्तै साउनमा प्रभु बैंकले ५३ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख रुपैयाँ र कुमारी बैंकले ५० करोड ३५ लाख रुपैयाँ नाफा कमाएका छन्।

    लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख रुपैयाँ, एनएमबि बैंकले ४२ करोड ७२ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

    यस्तै, साउनमा सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    सिटिजन्स बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३३ करोड ३४ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    त्यसैगरी, एनआईसी एसिया बैंकले २६ करोड ६३ लाख रुपैयाँ र नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँनाफा आर्जन गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार