काठमाडौँ / मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेकोमा मङ्गलबार बढेर १ लाख ५६ हजार ७ सय रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
यता, चाँदी प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पर्नेछ । यसअघि भने १ हजार ९ सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेको हो ।