images
images

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने १६३ वर्ष पुरानो कम्पनी पनि टाँट पल्टियो !

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने १६३ वर्ष पुरानो कम्पनी पनि टाँट पल्टियो !

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने १६३ वर्ष पुरानो कम्पनी पनि टाँट पल्टियो !

    बेलायती जहाज निर्माण कम्पनी हार्ल्यान्ड एण्ड वोल्फले आफ्नो कम्पनी टाँट पल्टिएको घोषण गरेको छ । 

    images
    images

    हार्ल्यान्ड एण्ड वोल्फ कम्पनी त्यो कम्पनी हो जसले जसले सन् १९१२ मा टाइटानिक निर्माण गरेको थियो ।जुन आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किएपछि डुबेको थियो।

    कम्पनीले अब सञ्चालनका लागि पैसा नभएको जनाएको छ। जसका लागि कम्पनीले आफ्ना कर्मचारीलाई गैरकोर अपरेसनमा कटौती गर्न लागेको जनाएको छ।

    अब कम्पनीले जहाज मर्मत र हरियाली ऊर्जामा ध्यान केन्द्रित गरिरहेको जनाएको छ। घाटामा रहेको कम्पनीले आगामी दिनमा प्रशासनिक कारबाही सुरु गर्ने जनाएको हो । यो एक प्रक्रिया हो जसमा आफ्नो ऋण तिर्न असफल भएको कम्पनी बेचिदैन तर पुनर्संरचना गरिन्छ।

    सरकारले गरेन सहयोग

    कम्पनीले सरकारसँग २६ करोड ४० लाख डलर मागेको तर सरकारले उनको अनुरोध अस्वीकार गरेको बताएको छ । यसले कम्पनीको समस्या बढेको जनाइएको छ । 

    कम्पनीको मुख्य कार्यहरूमा बेलफास्ट शिपयार्ड समावेश छ जहाँ टाइटैनिक निर्माण गरिएको थियो। हाल कम्पनीले बेलायत सरकारलाई तीनवटा युद्धपोत बनाउन सहयोग गरिरहेको छ । प्रशासनको कारबाहीले आयोजनालाई असर नगर्ने कम्पनीको भनाइ छ।

    कम्पनीका अन्तरिम कार्यकारी निर्देशक रसेल डाउन्सले समूह निकै कठिन समयबाट गुज्रिरहेको बताए । ‘हामीले दीर्घकालीन ऋण पाउन सकेका छैनौं । त्यसैले कम्पनीे ४ यार्ड सुरक्षित राख्न कठिन निर्णय लिनुपरेको छ ।’ 

    हार्ल्यान्ड र वोल्फ कम्पनी टाँट पल्टिएको यो पहिलो पटक होइन।सन् २०१९ मा बेलायती सरकारले कम्पनीको पुनर्संरचना गर्न प्रशासक नियुक्त गरे पनि केही महिनापछि ऊर्जा कम्पनी इन्फ्रास्ट्राटाले खरिद गरेको थियो । गत वर्ष कम्पनीले दुई दशकमा पहिलो जहाज वितरण गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार