images
images

भायोनेटको ‘महामहोत्सव’ अफर : ग्राहकहरूले आकर्षक छुटमा विशिष्ट सुविधा पाउने

भायोनेटको ‘महामहोत्सव’ अफर : ग्राहकहरूले आकर्षक छुटमा विशिष्ट सुविधा पाउने

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • भायोनेटको ‘महामहोत्सव’ अफर : ग्राहकहरूले आकर्षक छुटमा विशिष्ट सुविधा पाउने

    ललितपुर / नेपालको अग्रगामी इन्टरनेट सेवा प्रदायक भायोनेट कम्युनिकेसनले ‘भायोनेट महामहोत्सव’ अफर सार्वजनिक गरेको छ। यस वर्षको चाडपर्वको अवसरमा कम्पनीले यस्तो अफर सार्वजनिक गरेको हो ।

    images
    images

    ग्राहकहरूको लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै, भायोनेटले आफ्नो अफरलाई अझै आकर्षक बनाएको छ।

    यस महोत्सवअन्तर्गत, ग्राहकले १२५ एमबिपिएसको सट्टा सोही मूल्यमा २०० एमबिपिएस स्पिड प्राप्त गर्न सक्छन् । यसका लागि केवल बार्षिक ८ हजार ९ सय ९९ रुपैयाँ खर्चनुपर्ने भायोनेटले जनाएको छ । 

    भायोनेटले आफ्ना अहिलेका १२५ एमविपिएस सब्सक्राइम गर्ने बार्षिक ग्राहकलाई पनि २०० एमविपिएसमा अपग्रेड गरिसकेका छन् । 

    साथै, भायोनेटले ग्राहकको घरभरि वाइफाइ कभरेज बढाउनलाई जेटटिइको मेश वाइफाइमा अफर लिएर आएको छ । 

    ग्राहकहरूले मेश वाइफाइ राउटरमा २ वटा सेटलाई १ को मूल्यमा पाउन सक्नेछन्, जसको लागि मात्र भ्याटसहित ३ हजार रुपैयाँ अतिरिक्त तिर्नुपर्नेछ। यो मेश अफर भायोनेटका २०० एमविपिएस वा  माथिका बार्षिक ग्राहकलाई मात्र सीमित छ । 

    यसका साथै भायोनेटका २ महिना भन्दामाथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरूले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सको टिभी, fridge, वासिङ मेसिन जस्ता इलेक्ट्रोनिक्स सामानहरूमा २८ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    भायोनेटका ग्राहकहरूको इन्टरनेट अनुभवलाई अझ समृद्ध बनाउन र थप सेवा सुविधा दिनको लागि यो महा महोत्सव अफर ल्याइएको कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार