काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य आकाशिएको छ । साताको सुरुवातमा उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा पछिल्लो केही दिनमा सामान्य गिरावट आएको भए पनि आज उच्च अंकले बढेको हो ।
बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बढेर आज १ लाख ५७ हजार १ रुपैयाँ पुगेको छ । एकै दिन सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।
यता, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ९ सय १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९ सय १५ रुपैयाँ पुगेको हो ।