images
images

हेम प्रभासको 'साँझमा सेल्फी' सार्वजनिक

हेम प्रभासको 'साँझमा सेल्फी' सार्वजनिक

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • हेम प्रभासको 'साँझमा सेल्फी' सार्वजनिक

    काठमाडौँ / कवि, उपन्यासकार हेम प्रभासको कविता सङ्ग्रह 'साँझमा सेल्फी' लोकार्पण भएको छ । 

    images
    images

    कवि, मदन पुरस्कार विजेता नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल, कवि हेम प्रभासले शनिबार उक्त पुस्तक लोकार्पण गरे ।

    कार्यक्रममा कवि नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेमलाई कविता कृतिको सफलताको शुभकामना दिँदै सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने बताए ।

    कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कविता साधनारत रहेको र उक्त साधनाबाट प्राप्त प्रतिफल नै साँझमा सेल्फी विगत एक दशकमा लेखिएका बिल्कुलै नयाँ कविताको सङ्ग्रह रहेको बताए ।

    कवि ठाकुर बेलवासे, कवि सोझो गाउँले, कवि रिमा केसी, शंकर तिवारीले कविता वाचन गरेका थिए । 

    कलाकार सरोज खनालले कविता सङ्ग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरेका थिए । कवि श्रवण मुकारुङले कविता राम्रो रहेको र कविता कृतिबाट धेरै आशा गरेको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार