images
images

‘कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौँमा मगुका तस्बिर–भिडियो प्रदर्शन

‘कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौँमा मगुका तस्बिर–भिडियो प्रदर्शन

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • ‘कनेक्टिङ कर्णाली’ अन्तगर्त काठमाडौँमा मगुका तस्बिर–भिडियो प्रदर्शन

    काठमाडौँ / मनघरी फाउण्डेशनको आयोजनामा आजदेखि  काठमाडौंको नयाँ वानेश्वोरमा  मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ ।

    images
    images

    शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यसपटक मुगु जिल्लाको प्रर्दशनी सुरु गरिएको  फाउण्डेशनका अध्यक्ष तथा फोटो पत्रकार भारत बन्धु थापाले जानकारी दिए  ।

    आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रर्दशनी सुरु गरिएको छ ।

    प्रर्दशनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्वीर, भिडियो प्रर्दशनीले कर्णाली प्रदेशको प्रर्वद्धन गर्न सहयोग पुग्ने बताए ।

    उपसभापति खड्काले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिकरुपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए ।

    शनिबार देखि सुरु भएको प्रर्दशनी सोमबारसम्म जारी रहने छ । प्रर्दशनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्वीरका साथै कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादित सामाग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ ।

    प्रर्दशनीमा कविराज कार्की, कुबेरराज कार्की र भरतबन्धु थापाका तस्वीरहरू रहेका छन् ।

    संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा कनेक्टिङ कर्णाली सुरु भएको हो । यसअघि सुरुमा  दैलेख र डोल्पाको प्रदर्शन भइसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार