images
images

दशैंका लागि १२ गतेदेखि अग्रिम टिकटको बुकिङ खुल्ने, सरकार र व्यवसायीबीच के–के भयो सहमति ?

दशैंका लागि १२ गतेदेखि अग्रिम टिकटको बुकिङ खुल्ने, सरकार र व्यवसायीबीच के–के भयो सहमति ?

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • दशैंका लागि १२ गतेदेखि अग्रिम टिकटको बुकिङ खुल्ने, सरकार र व्यवसायीबीच के–के भयो सहमति ?

    काठमाडौँ / दशैंतिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । 

    images
    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ ।

    बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । 

    बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको र अब एक(दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुने जानकारी दिए ।

    सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ ।

    यस्तो छ व्यवसायी र मन्त्रालयबीचको सहमति

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार