images
images

जीडब्लुएम नेपालको डिलर नेटवर्क विस्तार, लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना

जीडब्लुएम नेपालको डिलर नेटवर्क विस्तार, लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • जीडब्लुएम नेपालको  डिलर नेटवर्क विस्तार, लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना

    जीडब्लुएम नेपाल आफ्नो डिलर नेटवर्क विस्तारमा तीव्र गतिमा अघि बढिरहेको छ। भिजी इम्पेक्स प्रा.लि., नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता र वितरकले, विराटनगर, भरतपुर (नारायणघाट)  र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरसिप स्थापना गरिसकेको छ।

    images
    images
    images
    images

    जीडब्लुएम नेपालले आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरसिप स्थापना गरिसकेको छ। 

    यसका साथै, यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर र बिर्तामोडमा पनि डिलरसिप विस्तार गर्ने योजना बनाएको छ।

    यी डिलरसिपहरूले जीडब्लुएम ब्रान्डको लोकप्रिय गाडीहरू जस्तै: ह्याभल एचसिक्स, एसभी, ह्याभल जोलिअन एसयुभी, पोयर डबल क्याब पिकअप, विङ्गल फाइभ पिकअप र रेट्रो-आधुनिक ओरा ०३ इलेक्ट्रिक क्रसओभरको अनुभव गराउन मद्दत गर्नेछन्।

    निकट भविष्यमा जीडब्लुएमले पोखरामा पनि नयाँ डिलरसिप खोल्ने योजना बनाएको छ। यो वर्षको अन्त्यसम्म, अन्य प्रमुख सहरहरूमा थप दुईवटा डिलरसिपहरू थपिनेछ।

    ओरा ०३ इलेक्ट्रिक क्रसओभर, जुन रेट्रो-आधुनिक डिजाइन र प्रिमियम सुविधाहरू रहेको छ,  ANCAP र Euro NCAP दुबैमा ५-स्टार सेफ्टी रेटिङ पाएको कारण लोकप्रिय बन्दै गएको छ। 

    ओरा ०३  नेपालले Haval H6, Haval Jolion, GWM Poer Pick Up, र Wingle 5 पिकअप जस्ता विश्वभर लोकप्रिय मोडेलहरू बिक्री गरिरहेको छ। साथै, निकट भविष्यमा नेपालमा ट्याङ्क ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना बनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार