images
images

तेस्रो चीन नेपाल मिडिया सम्मेलन असोज १० गते, तयारी अन्तिम चरणमा

तेस्रो चीन नेपाल मिडिया सम्मेलन असोज १० गते, तयारी अन्तिम चरणमा

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • तेस्रो चीन नेपाल मिडिया सम्मेलन असोज १० गते, तयारी अन्तिम चरणमा

    काठमाडौँ / ‘चीन नेपाल मिडिया सम्मेलन २०२४’ आगामी असोज १० गते हुने भएको छ । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित उक्त सम्मेलन आगामी असोज १० गते काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुड ल्यान्डमा सञ्चालन हुने भएको हो।

    विगत तीन वर्ष देखि सञ्चालन हुँदै आएको यस सम्मेलनको यो तेस्रो संस्करण हो। 

    चिनियाँ र नेपाली सञ्चार माध्यमबिच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित रहने यस सम्मेलनको मूल नारा ‘आपसी सहयोग र जितको सहकार्य’ रहेको छ। 

    सम्मेलनमा चीन र नेपालका अधिकारी, मिडियाकर्मी, विशेषज्ञ र विद्वानहरूले संवाद र मन्तव्यहरू राख्ने बताइएको छ । कार्यक्रममा मिडिया एकीकरण, नवीनतम विकास, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयहरूमा गहिरो छलफलहरू हुनेछन्।

    साथै, दक्षिण एसियाली मिडियाको भविष्य र यसको विकासको लागि संयुक्त रूपमा सुझावहरू आदान प्रदान गरिनेछ।

    तेस्रो चीन नेपाल मिडिया सम्मेलन २०२४ को अवसरमा चिनिया समाचार एजेन्सी सिन्ह्वा, सि सि टिभी, तिब्बत मिडिया ग्रुप लगायत नेपालमा रहेका ३० भन्दा बढी चिनियाँ संस्था, उद्यम र कम्पनीहरू सहभागी हुने छन् ।

    यसैगरी, नेपालतर्फबाट राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन कान्तिपुर, जनआस्था, देश सञ्चार अनलाइन, रे मिडियालगायत ५० भन्द बढि नेपाली मूलधारका मिडियाहरूको उपस्थिति रहने छ।

    सम्मेलनमा नयाँ चीनको स्थापना भएको ७५ औँ वार्षिकोत्सव पनि मनाइने छ। 

    ७५ वर्षको यात्रामा, चीनले आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ,  जसले विश्वलाई आकर्षित गरेको छ। सो सन्दर्भमा चीनको विकास र लक्ष्यबारे वृत्तचित्र पनि प्रसारण गरिने छ। 

    चीन र नेपालबिचको मिडिया सहकार्य, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा थप सहकार्यले हामीलाई चीन(नेपाल सम्बन्धको कथाहरू सुनाउन र मित्रताको आवाज फैलाउन अझै विस्तृत प्लेटफर्म प्रदान गर्नेछ।

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, नेपालका निम्ति चिनिया राजदूत छन् सोङ बिभिन्न राजनीतिकर्मीलगायतको उपस्थिति रहने छ। 

    सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको दक्षिण एसिया नेटवर्क टेलिभिजनकी उपाध्यक्ष रमिला गौतमले जानकारी दिइन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार