images
images

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ । 

    images
    images
    images
    images

    उक्त सम्झौता अन्ुसार बिश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको हो । 

    दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ । 

    सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका थिए । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए । 

    हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोर्ड सेवा, पिओएस सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार