images
images

खोजी, उद्धार र राहत सरकारको प्राथमिकतामा, घाइतेहरूको निःशुल्क उपचार गर्ने, सबै परीक्षाहरू स्थगित

खोजी, उद्धार र राहत सरकारको प्राथमिकतामा, घाइतेहरूको निःशुल्क उपचार गर्ने, सबै परीक्षाहरू स्थगित

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • खोजी, उद्धार र राहत सरकारको प्राथमिकतामा, घाइतेहरूको निःशुल्क उपचार गर्ने, सबै परीक्षाहरू स्थगित

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् । 

    images
    images
    images
    images

    देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बताएका हुन् ।

    सरकार जनताको जीउधन सुरक्षित बनाउन क्रियाशील रहेको जनाउँदै उनले त्यसका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास गर्ने स्पष्ट पारे ।

    शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठक बसेको छ । मन्त्री गुरुङका अनुसार बैठकले विपद्मा परेर घाइतेहरू भएकाहरूलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

    तत्काल र अविलम्ब अवरुद्ध सडक खोल्न भौतिक मन्त्रालयले पहल गर्ने तथा अवरुद्ध टेलिफोन र विद्युत् नियमित गर्न सम्बन्धित मन्त्रालयले पहल गर्ने सरकारको निर्णय छ । 

    अविरल परेको वर्षाका कारण विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा सरकारले प्राथमिकतामा राखेको उनले बताए । बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार र निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियम अनुसार प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

    यसैगरी सरकारले सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।  

    बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाली सेना वा नेपाली प्रहरीलगायत विपद् प्रतिकार्यमा लागि ‘अलर्ट’ रहन निर्देशनसमेत दिएको मन्त्री गुरुङले जानकारी दिए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार