images
images

बाढी पहिरो वितण्डाः १० हजार ५ सयबढी सुरक्षा फौज परिचालन गरेको सशस्त्र प्रहरीले कहाँ केके गर्यो ? [ तस्वीरहरु ]

बाढी पहिरो वितण्डाः १० हजार ५ सयबढी सुरक्षा फौज परिचालन गरेको सशस्त्र प्रहरीले कहाँ केके गर्यो ? [ तस्वीरहरु ]

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • बाढी पहिरो वितण्डाः १० हजार ५ सयबढी सुरक्षा फौज परिचालन गरेको सशस्त्र प्रहरीले कहाँ केके गर्यो ? [ तस्वीरहरु ]
    images
    images

    काठमाडौं/ विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सयभन्दा बढी सुरक्षा फौज परिचालन गरिएको जनाएको छ ।

    असोज १० गतेदेखि सुरु भएको अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित  थिए । 

    सुरक्षाकर्मीले पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ भने ७६ जनाको मृत्यु, ७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ ।

    उपत्यकाको काठमाडाौं, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ । 

    shasastra -police - flood ashoj (1).jpg

    ३४ जनाको मृत्यु, २१ जना वेपत्ता, १५ जना घाइते र २ स्थानहरुमा भौतिक क्षेति पुगेको छ ।

     

    यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन् ।

    shasastra -police - flood ashoj (8).jpg

    मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानहरुमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् ।

    यसैगरी बागमती (उपत्यका बाहेक) काभे्र, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन्।

    shasastra -police - flood ashoj (7).jpg
    यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएका छन् ।

    shasastra -police - flood ashoj (9).jpg

    shasastra -police - flood ashoj (6).jpg

    shasastra -police - flood ashoj (5).jpg

    shasastra -police - flood ashoj (4).jpg

    shasastra -police - flood ashoj (3).jpg

    shasastra -police - flood ashoj (2).jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार