images
images

अवरुद्ध राजमार्ग र सडकहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने, कुनको अवस्था कस्तो छ ?

अवरुद्ध राजमार्ग र सडकहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने, कुनको अवस्था कस्तो छ ?

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • अवरुद्ध राजमार्ग र सडकहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने, कुनको अवस्था कस्तो छ ?

    काठमाडौँ / शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images

    सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरू मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरूमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ ।

    देशको राजधानी जोडने लाइफ लाइनका रूपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौविसे–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको वर्दिवासदेखि नेपालथोक सम्मको अवरोध हटाइ यातायात सुचारु भएपनि पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले जानकारी दिए । 

    टोखा–गुजें भञ्ज्याङ्ग–छहरे नुवाकोट हुँदै स्याफ्रुवेशीसम्मको सडक सुचारु अवस्थामा छभने स्याफ्रुवेशीदेखी रसुवागढी सम्मको अवरुद्ध सडक सोमबारसम्म सञ्चालनमा आउने पनि ढकालले जनाए ।

    अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सुचारु हुनेगरी कार्य भइरहेको छ । तर बीपी राजमार्गको विकल्पको रूपमा मुलकोट बाट सित्खा पुलहुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ भने सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ ।

    सडक विभागको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए । १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ । पाँचवटा मोटोरेवल पुल बगाएको विभागको तथ्याङ्क छ । यद्यपि, २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवं उद्धार भइरहेको मन्त्रालयको दाबी छ ।

    चाडपर्व नजिकिएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठुलो जनशक्ति परिचालन गरेको जनाएको छ । अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरू मध्ये ४७ स्थानमा राजमार्गहरू पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने देखिएको छ । 

    1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार