images
images

बाढीपहिरो प्रभावित जिल्लालाई राहत रकम प्रदान गर्ने महासंघको निर्णय

बाढीपहिरो प्रभावित जिल्लालाई राहत रकम प्रदान गर्ने महासंघको निर्णय

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • बाढीपहिरो प्रभावित जिल्लालाई राहत रकम प्रदान गर्ने महासंघको निर्णय

    काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघले बाढी पिडितहरुको लागि राहत प्रदान गर्ने भएको छ । यही असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी पहिरोको कारण भएको जनधनको क्षतिमा राहत होस भनेर महासंघले अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिने जनाएको छ ।

    images
    images
    images
    images

    साथै विपदको यस समय आ-आफ्ना तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।

    त्यस्तै, बाढि पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आफ्ना सम्पूर्ण सदस्यहरुमा आव्हान पनि गरेको छ ।

    उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार