images
images

हुन्डाईको ५७ बर्षः पूरा गर्यो १० करोडको माइलस्टोन, वार्षिक उत्पादन क्षमता कति ?

हुन्डाईको ५७ बर्षः पूरा गर्यो १० करोडको माइलस्टोन, वार्षिक उत्पादन क्षमता कति ?

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • हुन्डाईको ५७ बर्षः पूरा गर्यो १० करोडको माइलस्टोन, वार्षिक उत्पादन क्षमता कति ?

    काठमाडौँ / कोरियन अटोमोबाइल कम्पनी हुन्डाइ मोटर्सले १० करोड कार उत्पादनको माइलस्टोन पूरा गरेको छ । 

    images
    images
    images
    images

    सन् १९६७ मा कोरियाको उल्सान प्लान्टबाट उत्पादन सुरू गरेको हुन्डाईले ५७ वर्षमा १० करोड कार उत्पादन पूरा गरेको हो । विश्व अटोमोबाइल उद्योगमा यो सबैभन्दा तीव्र गतिमा प्राप्त सफलता भएको हुन्डाईले जनाएको छ ।

    कम्पनीले १० करोडौं युनिट पूरापछि पहिलो कारको रुपमा आयोनिक ५ रोलआउट गरेको हो । हुन्डाईले  १० करोड कार उत्पादन भएको अवसरमा प्लान्टबाटै आयोनिक ५ आफ्नो ग्राहकलाई डेलिभरी दिएको थियो ।

    हुन्डाईका अनुसार १० करोड युनिट गाडी उत्पादनको कोशेढुंगा बनाउन सक्नुमा ग्राहकको विश्वास महत्त्वपूर्ण रहेको छ । सन् १९६८ मा स्थापित उल्सान प्लान्टलाई कोरियाको अटोमोबाइल उद्योगको जननी मान्ने गरिन्छ । यही प्लान्ट छेउ हुन्डाईले विद्युतीय गाडी (ईभी) प्लान्ट पनि स्थापना गरेको छ ।

    ‘१० करोड युनिट उत्पादन गर्न हुन्डाई मोटरका प्रत्येक कर्मचारीको योगदान रहेको छ,’ हुन्डाईका प्रेसिडेन्ट तथा आन्तरिक उत्पादन एवं प्रमुख सुरक्षा अधिकृत डोङ सेअकले भने, ‘यो अवसर भनेको ईभीमा हुन्डाईले भविष्यमा नेतृत्व गर्ने पहिलो कदम हो ।’

    ११ वर्षमा थप ५ करोड उत्पादन

    हुन्डाई मोटर्सलाई ५ करोड कार उत्पादनको माइलस्टोन भेटाउन सन् २०१३ सम्म ४६ वर्ष लागेको थियो भने थप ५ करोड मात्र ११ वर्षमा उत्पादन गरी १० करोड संख्या पुर्याएको हो ।

    हुन्डाई मोटर्सको कोरिया बाहेक टर्कीमा पहिलो अन्तर्राष्ट्रिय प्लाण्ट सन् १९९७ मा बनाएको थियो । हाल कम्पनीको चेक रिपब्लिक, टर्की, भारत तथा अमेरिका लगाय ८ देशमा ११ वटा उत्पादन प्लान्ट रहेको छ ।  यी प्लान्टहरूको कुल वार्षिक क्षमता ५० लाख युनिट रहको छ ।

    हुन्डाईको पहिलो मोडल कर्टिना रहेको थियो भने मास प्रडक्सन भएको मोडल पोनी रहेको थियो । हुन्डाईको पहिलो प्रफर्मेन्स कार भेलोस्टर एन रहेको थियो भने ईभीमा आयोनिक ५ एन प्रफर्मेन्स कार हो ।

    हुन्डाईको सबैभन्दा धेरै बिकेको मोडल एलान्ट्रा हो भने सेकेण्ड बेस्ट सेलर एक्सेन्ट सेडान हो । कोरियामा अभान्ते पनि भनिने एलान्ट्रा १ करोड ५४ लाख युनिट बिक्री भइसकको छ । 

    जसमा अन्तर्राष्ट्रिय बजारमा १ करोड २० लाख बिक्री भएको हो । त्यस्तै, एक्सेन्टको बिक्री हालसम्म १ करोड ३ लाख रहेको छ । त्यसपछि धेरै बिकेको मोडलमा क्रमशः सोनाटा, टुसान तथा सान्ताफे रहेको छ ।

    हुन्डाई मोटर्सले अहिले पेट्रोल, डिजल, हाइब्रिड, हाइड्रोजन फ्युलसेल गरी सबै प्रकारको पावरट्रेनमा भेहिकलहरू उत्पादन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार