images
images

बाढी पहिरोको असर : आज पनि  अवरुद्ध छन् यी सडक खण्डहरू

बाढी पहिरोको असर : आज पनि  अवरुद्ध छन् यी सडक खण्डहरू

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • बाढी पहिरोको असर : आज पनि  अवरुद्ध छन् यी सडक खण्डहरू

    काठमाडौँ / केही दिन अघिको अविरल बर्षाको कारण देशका विभिन्न भागमा गएको बाढी र पहिरोको कारण सडक अवरुद्ध भएको छ । 

    images
    images
    images
    images

    बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथलगायतका विभिन्न सडकमार्गहरूमा आज पनि सवारी आवागमन बन्द भएको हो ।
    काठमाडौँ जोड्ने सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव जाने बाटो आज पनि पूर्ण रूपमा बन्द नै रहेको छ भने मकवानपुरको कान्तीलोकपथ, कुलेखानी मार्खु सडक खण्ड, भिमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यस्तै, विभिन्न स्थानमा खसेको पहिरोको कारण बिपी राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा चार स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भने मध्यपहाडी लोकलमार्गको सिन्धुलीको फिक्कल, गोलन्जोर र बाह्रबिसे तातोपानी सडक खण्ड, रामेछाप र सिन्धुली खुर्कोट सडक खण्ड आज पनि अवरुद्ध नै रहेको नेपाल प्रहरीले जनाएको छ । 

    note.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार