images
images

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता, विद्युतीय गाडीमा कर्जा लगानी गर्ने

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता, विद्युतीय गाडीमा कर्जा लगानी गर्ने

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता, विद्युतीय गाडीमा कर्जा लगानी गर्ने
    images
    images

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । 

    राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

    सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी(रातो प्लेट) को नामि र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । 

    कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । 

    बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार