images
images

वुलिङ बिंगो इभिको चाडपर्व अफर : ३० लाखभन्दा कम मूल्यमा गाडि खरिद गर्न सकिने

वुलिङ बिंगो इभिको चाडपर्व अफर : ३० लाखभन्दा कम मूल्यमा गाडि खरिद गर्न सकिने

बिहिवार, असोज १७ २०८१
बिहिवार, असोज १७ २०८१
  • वुलिङ बिंगो इभिको चाडपर्व अफर : ३० लाखभन्दा कम मूल्यमा गाडि खरिद गर्न सकिने

    काठमाडौँ / वुलिङ बिंगो इभिले चाडपर्व लक्षित आकर्षक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । सीमित समयका लागि कम्पनीले विशेष एक्सचेन्ज अफर घोषणा गरेको हो । 

    images
    images
    images
    images

    उक्त अफर अन्तर्गत ३० लाख रुपैयाँभन्दा कम मूल्यमै गाडि खरिद गर्न सकिने भएको छ । आधुनिक इलेक्ट्रिक कारमा पाइने आकर्षक फिचर र पर्फमेन्स पाइने वुलिङ बिंगो इभि २९ लाख ९९ हजार मूल्यमै उपलब्ध हुने भएको हो।

    कम्फर्ट र सेफ्टी दुवैका लागि डिजाइन गरिएको र एड्भान्स्ड टेक्नोलोजीका साथ उपलब्ध वुलिङ बिंगो इभिमा स्पेसियस इन्टेरियर, कटिङ–एज इन्फोटेनमेन्ट सिस्टम र इन्ह्यान्स्ड ब्याट्री एफिसियन्सी रहेको छ । 

    व्यक्तिगत र पारिवारिक दुवै प्रयोजनका लागि उपलब्ध वुलिङ बिंगो ईभी ग्राहकले चाहेकै दिनमा डेलिभरी समेत गरिने कम्पनीले जनाएको छ । सो गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर तथा मोटर तथा हाई भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटर गुड्दासम्म वारेन्टी उपलब्ध हुनेछ ।

    धेरै ग्राहकसम्म इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउनका लागि कम्पनी प्रतिबद्ध रहेको तथा इनोभेसन, सेफ्टी र अफोर्डेबिलिटीको पूर्ण संगमको रुपमा रहेको वुलिङ बिंगो इभिमा अपग्रेड हुनका लागि दशै अगाडि नै शोरुम भ्रमण गर्नसमेत कम्पनीले आग्रह गरेको छ । 

    कम्पनीका अनुसार आफ्नो पुरानो कुनै पनि ब्रान्डको जुनसुकै गाडीसँग वुलिङ बिंगो इभि साट्न सकिनेछ । यसरी एक्सचेन्ज गर्ने ग्राहकमध्ये लक्की ड्रबाट एक जोडीले फाइभ स्टार होटलमा डिनर खाने अवसर समेत पाउने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार