images
images

नेपालमा जेइको जेसिक्स र ओमोडा E5 को १०० युनिट एक दिनमा  डेलिभरी

नेपालमा जेइको जेसिक्स र ओमोडा E5 को १०० युनिट एक दिनमा  डेलिभरी

शुक्रवार, असोज १८ २०८१
शुक्रवार, असोज १८ २०८१
  • नेपालमा जेइको जेसिक्स र ओमोडा E5  को १०० युनिट एक दिनमा  डेलिभरी

    ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभि र ओमोडाको १०० भन्दा धेरै युनिटहरू डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ । 

    images
    images
    images
    images

    पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ–रोड इलेक्ट्रिक एसयुभि हो । 

    गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ–रोड डिजाइनका कारण छोटो समयावधीमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। 

    त्यसमाथि अफ–रोड ड्राइभिङमा रूची राख्नेहरूले गत हप्ता आयोजित डर्ट–टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ–रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाए । 

    यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भू–भागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ । 

    त्यति मात्र होइन, Omoda e5 सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ । 

    भर्खरै नाडा अटोशोमा ओमोडा ई५ डीएलएक्स Omoda E5 LUX को कम संस्करण हो।

    जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ–रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ–रोड पारखीहरूको लागि उचित रोजाई बनेको छ। 

    २७१५ मिलिमिटरको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो।

    चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८ ‍–१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि–क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ। 

    यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ। 

    जे सिक्सले डे एन्ड नाइट रियर भ्यु  मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ । 

    जे सिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ । 

    जे सिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ । 

    पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर–व्हिल–ड्राइभ । र दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध छ । 

    यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । 

    सिएटिएलको एलएफपि (लिथियम फेरोस फस्फेट) ब्याट्रि (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाटआवरमा उपलब्ध छ।

    ० रहेको जे सिक्सले ५०१ किलोमिटरको सिएलटिसि–रेन्ज प्रदान गर्दछ । गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसि र एसि दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन्।

    समग्रमा, जे सिक्स एक आरामदायी, व्यावहारिक, तथा नेपाली भूभागको लागि सुहाँउदो एसयुभि हो, जुन नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्दछ।

    एसपिजि अटोमोबाइल्स, नेपालमा नवीन र दिगो मोबिलिटि (गतिशीलता) का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ। 

    जेइको जेसिक्स, प्रभावशाली पर्फमेन्स, अद्भुत पावर र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ–रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयुभिको रूपमा स्थापित रहेको छ। 

    एसपिजि अटोमोबाइल्स एडभेन्चर रूचाउने गाडी पारखी, इभिमा रूची राख्ने तथा गाडी खरिद गर्न चाहने सम्पूर्णलाई थापाथलीस्थित जेइको सोरुम भिजिट गरी जे सिक्सलाई नजिकबाट नियाल्नसमेत अनुरोध गरेको छ । 

    एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमाः एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, ओमोडा एन्ड जेइको अटोमोबाइल्स कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार