images
Logo
images
images
images

नेपाल लाइफ इन्स्योरेन्सको ‘हामीलाई त बडा दशैं लाग्यो है !’ नामक टिकटक प्रतिस्पर्धा

नेपाल लाइफ इन्स्योरेन्सको ‘हामीलाई त बडा दशैं लाग्यो है !’ नामक टिकटक प्रतिस्पर्धा

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • नेपाल लाइफ  इन्स्योरेन्सको ‘हामीलाई त बडा दशैं लाग्यो है !’ नामक टिकटक प्रतिस्पर्धा

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसरमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी दावी गरिएको कम्पनीले हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न उक्त प्रतिस्पर्धाको आयोजना गरेको जनाएको हो । 

    images
    images
    images
    images

    ‘हामीलाई त बडा दशैं लाग्यो है !’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ-आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्ने मध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरूलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

    विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि मिति २०८१ असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्नेछन् । 

    दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।

    सबैको लागि यो बडा दशैं रमाइलो रहोस् भन्ने कामनासहित मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफले आह्वान गरेको छ । 

    यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । 

    कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गर्नुभयो ।  कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ । 

    साथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१, तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार