images
Logo
images
images
images

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

    ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल सेटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गर्न सफल भएको छ।

    images
    images
    images
    images

    आठ हजारभन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्राण्डप्रति सर्वाधिक सन्तुष्ट ग्राहकहरू नथिङले प्राप्त गर्न सफल भएको हो।

    ब्लोटवेयर फ्रि क्लिन अपरेटिङ सिस्टमका लागि टेक कम्युनिटीले प्रशंसा पाउने नथिङले तेस्रो जेनेरेसनको अपरेटिङ सिस्टम नथिङ ओएस ३ अक्टुबरमा रोल आउट गर्ने हालै घोषणा गरेको छ।

    नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गत अक्टुवर २६ मा लण्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटिङ् सिस्टमको समेत जानकारी दिएको हो।

    स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाइन, एक्सिलेन्ट परफरमेन्स र एफोर्डेबल प्राईसिड्‌का माध्यमबाट आम उपभोक्ताको मन जित्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा बिक्री वितरण गर्दै आएको छ।

    नेपाली बजारमा नथिङले अतुलनिय बिक्री पश्चातको सेवा प्रदान गर्ने नीति लिएको छ।

    नथिङका स्मार्टफोन तथा एसोसरिजमा कुनै पनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ।

    यी र यस्तै सेवाग्राही प्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्वोत्कृष्ट ब्राण्ड बन्न सफल भएको विज्ञहरूको प्रतिक्रिया रहेको छ।

    हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्रान्ड सिएमएफ बाई नथिङका स्मार्टफोन तथा एसोसरिजहरू सर्वत्र उपलब्ध छन्। भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृट फिचर र सर्वोत्कृष्ट बिक्री पश्चातको सेवाले नथिङ नेपाली बजारमा दिन प्रति दिन लोकप्रिय बन्दै गएको छ।

    नथिङका लागि नेपाली आयातकर्ता सिजी मोबाईलका महाप्रबन्धक विनय जोशीले ग्राहक सन्तुष्टि पहिलो प्राथमिकता रहेको बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार