काठमाडौँ / शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि भने छापावाल सुन १ लाख ४९ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो ।
यता, चाँदी तोलामा २० रुपैयाँ घटेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ८० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ७ सय ६० रुपैयाँ पर्नेछ ।