काठमाडौँ / बिहीबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ हजार ७ सय रुपैयाँ र चाँदी ५५ रुपैयाँले घटेको हो ।
यसअघि प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ पर्ने छापावाल सुनलाई आज १ लाख ४९ हजार रुपैयाँ मात्र पर्नेछ । त्यस्तै, यसअघि प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ७ सय ८० रुपैयाँ पर्नेछ ।