काठमाडौँ / सावित्री कंचनजंगा अगरबत्ती उद्योगले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
कम्पनीका जनरल म्यानेजर पुष्कर केसीका अनुसार सुपथ मूल्य पसलबाट कंचनजंगा ब्राण्डका उत्पादनहरूको खरिमा विशेष छुट पाइन्छ । कंचनजंगाको यी सुपथ मूल्यका पसलहरू छठसम्म सञ्चालनमा हुने उनले जानकारी दिए ।
ग्राहकहरूको सहजताको लागि कम्पनीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको केसीले बताए । साल्ट ट्रेडिङले चाडपर्व लक्षित सञ्चालन ल्याएको उपत्यकाभित्रका अधिकांश सहुलियत पसलमासमेत सावित्री कंचनजंगाका ब्रान्ड उपलब्ध रहेको उनले जानकारी दिए ।
“सहुलियत पसलबाट अगरबत्ती खरिद गर्दा धेरै हदसम्म मूल्यमा छुट हुनेछ । हामीले उपत्यकाकामा चाडपर्वको समयमा वर्षेनी सहुलियत पसल सञ्चालन गर्दै आएका छौँ । भविष्यमा उपत्यकाका बाहिर पनि यस्तो पसलको सञ्चालन गर्ने योजना छ,”केसीले भने ।
सावित्री कंचनजंगाले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ । पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्रान्डको रूपमा स्थापित छ ।
उपभोक्ताबिच लोकप्रिय यो ब्राण्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाम लगायतका देशमा पनि निर्यात हुने गरेको छ ।