काठमाडौँ / नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मङ्गलबारदेखि भइसकेको छ । बिहीबार साँझ नै लक्ष्मी पूजा गरिसकिएको छ भने कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छ वटा पर्व एकै दिन परेको पञ्चाङ्ग समितिले जनाएको छ ।
तिहार बिदा भएसँगै मानिसहरू घर जाने, घरमै बसेर रमाइलो गर्ने भएकोले अहिले काठमाडौँका सडक सुनसान देखिएको छ ।