images
images

ओरियण्टल होटल्सको बार्षिक साधारणसभा : लाभांश पारित, नयाँ भवन यसै बर्ष सञ्चालनमा आउने

ओरियण्टल होटल्सको बार्षिक साधारणसभा : लाभांश पारित, नयाँ भवन यसै बर्ष सञ्चालनमा आउने

सोमवार, असोज २१ २०८१
सोमवार, असोज २१ २०८१
  • ओरियण्टल होटल्सको बार्षिक साधारणसभा : लाभांश पारित, नयाँ भवन यसै बर्ष सञ्चालनमा आउने

    काठमाडौँ / ओरियण्टल होटल्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । 

    images
    images
    images
    images

    सभाले आर्थिक बर्ष २०८०/०८१ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक बर्ष २०८०/०८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको बित्तीय विवरणसँग सम्बन्धि टिप्पणीहरूसमेत पारित गरेको छ ।
     
    कम्पनीले बोनश शेयर ५ प्रतिशत र कर प्रयोजनको लागि ०.२६३१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लाभांश वापतको २९.६८ लाख रुपैयाँ सभाले पारित गरेको कम्पनीले जनाएको छ । 

    आर्थिक वर्ष २०८०/०८१ मा यस होटलको कूल बिक्री १२१.६७ करोड रुपैयाँ रहेको र कूल सञ्चालन खर्च ९६.७० करोड रहेको कम्पनीले जनाएको छ । 

    सो अवधिमा २४.९७ करोड सञ्चालन नाफा गरेको कम्पनीले सम्पूर्ण खर्चहरू कट्टा गरि खुद नाफा १२.४० करोड भएको छ । जबकि कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नाफा १८.४६ करोड रुपैयाँ मात्रै नाफा गरेको थियो । 

    अघिल्लो बर्षको नाफामा असाधारण आम्दानी समेत रहेकोले सो लाई हटाई तुलना गर्ने हो भने होटलको बिक्री र नाफामा बृद्धि भएको देखिन्छ । त्यस्तै, कम्पनीले निर्माण गरेको नयाँ भवन यसै बर्ष पूरा भई सञ्चालनमा आउने बताइएको छ । नयाँ भवन सञ्चालनमा आएसँगै आम्दानी बढ्ने कम्पनीले जनाएको छ । 

    यसैगरी, पुरानो भवनको तेस्रो, चौथो र पाँचौँ तल्ला पुनः निर्माण गरि आधुनिक बनाउने कार्य सुरु भएको बताइएको छ । आगामी दिनमा पर्यटन आगमन बृद्धि हुने प्रक्षेपण गरिएको हुनाले उत्साहित भएको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार