images
images

दसैँमा पनि वर्षाको सम्भावना, कहिले बाहिरिन्छ मनसुन ?

दसैँमा पनि वर्षाको सम्भावना, कहिले बाहिरिन्छ मनसुन ?

सोमवार, असोज २१ २०८१
सोमवार, असोज २१ २०८१
  • दसैँमा पनि वर्षाको सम्भावना, कहिले बाहिरिन्छ  मनसुन ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।  विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन देशभरबाट बाहिरिने सम्भावना छ ।

    महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरिएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् । 

    “यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार