images
images

मन्त्री अधिकारीले वितरण गरे पन्ध्र सय परिवारलाई लालपुर्जा

मन्त्री अधिकारीले वितरण गरे पन्ध्र सय परिवारलाई लालपुर्जा

सोमवार, असोज २१ २०८१
सोमवार, असोज २१ २०८१
  • मन्त्री अधिकारीले वितरण गरे पन्ध्र सय परिवारलाई लालपुर्जा

    बुटवल / भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहिन, किसान, सुकुम्वासी र बषौंदेखि बसोबास गरिरहेका अब्यवस्थीत बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् । 

    images
    images
    images
    images

    कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिव पन्ध्र सय परिवारलाई लालपुर्जा बितरण गदैं मन्त्री अधिकारीले छिट्टै भूमि आयोग गठन गरीने जानकारी दिए । 

    मन्त्री अधिकारीले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १० पटना, कृष्णनगर नगरपालिका वडा नं  १२ मा रहेको बदगाउ र रुपन्देहीको रोहीनी गाँउपालिकाको गाँउ ब्लक ( मिनाह डिहि)  मा बषौंदेखि अलपत्ररुपमा बसोबास गरेका परिवारहरुलाई लालपुर्जा बितरण गरेका हुन् । 

    लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु खुसि भएका थिए । वषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्तीपाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार