images
images

‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा, प्रत्येक प्याकको बिक्री मूल्य कति ?

‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा, प्रत्येक प्याकको बिक्री मूल्य कति ?

सोमवार, असोज २१ २०८१
सोमवार, असोज २१ २०८१
  • ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा, प्रत्येक प्याकको बिक्री मूल्य कति ?

    काठमाडौँ / नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स प्रा.लि.ले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ सार्वजनिक गरेको छ । हरेक पवित्र अवसरलाई लक्षित गरी कम्पनीले नयाँ प्रोडक्ट नेपाली बजारमा सार्वजनिक गरेको हो । 

    images
    images
    images
    images

    आकर्षक प्याकेजिङ्गले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ । 

    कम्पनीका अनुसार यो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको समिश्रण रहेको छ । सम्भवत पहिलो पटक यस किसिमको नयाँ सुवास सबैमाझ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    “यो अद्वितीय सुवासले हरपल पवित्र बनाइ सुवासको अलग्गै नयाँ अनुभव दिनेछ । यस अगरबत्तीमा हरेक शुभ कार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ । 

    उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदिप पुजा अगरबत्तीले मंगलदीप ब्राण्डको छवि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।  

    यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्नुहुने सम्पूर्ण ग्राहकहरूको मन जित्ने विश्वास गरिएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारा, सयपत्रीलगायतका विभिन्न ब्राण्डहरू बजारमा उपलब्ध छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार