images
images

ग्लोबल आइएमई बैंकका सेयरधनीहरूले ५.५ प्रतिशत लाभांश पाउने, पछिल्लो १२ बर्षमा कति पाए ?

ग्लोबल आइएमई बैंकका सेयरधनीहरूले ५.५ प्रतिशत लाभांश पाउने, पछिल्लो १२ बर्षमा कति पाए ?

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • ग्लोबल आइएमई बैंकका सेयरधनीहरूले ५.५ प्रतिशत लाभांश पाउने, पछिल्लो १२ बर्षमा कति पाए ?
    images
    images

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडका सेयरधनीहरूले यस बर्ष लाभांश पाउने भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक बर्ष २०८०/८१ को वितरणयोग्य  मुनाफा तथा पुँजी समायोजक कोष समेतबाट शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांशवापत बोनस सेयर वितरण गर्ने भएको हो । 

    उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बैंकको आगामी १८औँ बार्षिक साधारण सभामा प्रस्ताव पेस गर्नेछ । साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरूको खातामा जानेछ । 

    बैंकले मुलुकका ७७ वटै जिल्लाहरूमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । 

    ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजीसहित नेपालकै ठूलो बैंकको रूपमा दरिएको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको थियो । 

    कुन बर्षमा कति पाए सेयरधनीले लाभांश ?

    बैंकले सबैभन्दा बढी लाभांश आर्थिक बर्ष २०७५/७६ मा वितरण गरेको थियो । उक्त आर्थिक बर्षमा बैंकले १२.७५ प्रतिशत नगद लाभांश (करसहित) र सोही बराबर बोनस सेयर वितरण गरेको थियो । 

    त्यस्तै, १२ बर्षको अवधिमा बैंकले सबैभन्दा कम लाभांश भने यस बर्ष वितरण गर्ने भएको छ । यो बर्ष बैंकले बोनस सेयर ५.५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । 

    notice.JPG

    जबकि अघिल्लो आर्थिक बर्ष २०७९/८० मा ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार